विवाह बन्धनमा बाँधिए अदिति र सिद्धार्थ

काठमाडौँ । बलिवुड अभिनेत्री अदिति राव हैदर र अभिनेता सिद्धार्थ विअवाहिक बन्धनमा बाँधिएका छन् ।

तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्यहरु मात्र सहभागी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहपछि दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

२०२१ मा एक फिल्ममा काम गरेपछि सिद्धार्थ र अदिति नजिकिएका थिए । सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेका छन् । 

अदिति शाही परिवारसँग सम्बन्धित छिन्, अदितिको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो। अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरेकी थिइन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागिन् । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो । सिद्धार्थको पहिलो विवाह सन् २००३ मा मेघनासँग भएको थियो । यो विवाह २००७ मा टुटेको थियो । त्यस्तै अदितीको पहिलो विवाह अभिनेता सत्यदीप मिश्रसँग भएको थियो, जब उनी २१ वर्षकी थिइन् । चार वर्षपछि दुवैको सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियमा फेरील्यााण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले गरे …

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे रमाइलो

चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा विष्णुदेवी किड्स केयरका विद्यार्थीहरूले गरे …

एडिफाई इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम पार्क

एडिफाई इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजिय…

कुमुदिनी कुञ्जका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकनमा

कुमुदिनी कुञ्जका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकनमा

एडभान्स स्कुलका विद्यार्थीहरुले गरे थ्रिडी आर्ट म्युजिएम भ्रमण

एडभान्स स्कुलका विद्यार्थीहरुले गरे थ्रिडी आर्ट म्युजिएम भ्रमण

कुमुदिनी कुञ्ज माविका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

कुमुदिनी कुञ्ज माविका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

गोल्डेन फ्लावर स्कुलका शिक्षकहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

गोल्डेन फ्लावर स्कुलका शिक्षकहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

चन्द्रगिरी नगरपालिकाले सम्पन्न गर्यो चित्रकला प्रतियोगिता

चन्द्रगिरी नगरपालिकाले सम्पन्न गर्यो चित्रकला प्रतियोगिता