रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो
काठमाडौं । रोल्पाको मौलाबाङ र बाहिरी गाम जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।आज बिहान करिब १० बजेको समयमा सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ५ जना कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
पुल निर्माणमा खटिएका सात जनामध्ये २ जना भने पर्खाल भत्केको देखेपछि भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया