चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट हस्तान्तरण र अस्पताल निरीक्षण सम्पन्न "
आज मिति २०८१/९/४ गते बिहिवार बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामाज्युद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपलब्ध भेन्टिलेटर उपकरण चन्द्रागिरि नगर अस्पताल थानकोटलाई नगर प्रमुख घनश्याम गिरीज्यु मार्फत एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। मुख्य मन्त्रीज्युबाट अस्पताल निरीक्षण तथा स्तरोन्नतिका विषयमा नगर प्रमुखज्यु लगायत नगरपालिकाका अन्य पदाधिकारीज्युहरु संग छलफल पनि भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखज्युले काठमाडौं भित्रीने मुख्य नाकामा रहेको र २४ सै घण्टा आकस्मिक सेवा सहित नगरपालिकाबाट संचालन देशकै पहिलो यस अस्पतालबाट नगरबासी मात्र नभई नजिकैका पालिका र साथै देशै भरिका नागरिकले पनि सेवा लिन सक्ने कुराको मुख्य मन्त्रीज्युलाई जानकारी गराउनु भयो। नगर प्रमुखज्युले यस अस्पतालको स्तरोन्नति तथा संचालनका लागि बागमती प्रदेशबाट हुन सक्ने साथ र सहयोगको अपेक्षा पनि मुख्य मन्त्री समक्ष जाहेर गर्नुभयो। नगर प्रमुखज्युले प्रदेश राजधानी जाने थानकोट - चित्लाङ् सडक खण्डको स्तरोन्नतिमा भएको ढिला सुस्ति र यस सडक खण्डको महत्त्वका विषयमा पनि मुख्य मन्त्रीज्युको ध्यानाकर्षण गराउनु भयो। मुख्य मन्त्रीज्युले यसै अस्पताल परिसरमा बन्दै गरेको १५ सैयाको अस्पताल र निकट भविष्यमा जर्मन सरकारको सहयोगमा निर्माण हुन लागेको परोपकार प्रसुती अस्पतालको बारेमा पनि जानकारी लिनु भयो। मुख्य मन्त्रीज्युले यस अस्पतालको स्तरोन्नति तथा थानकोट - चित्लाङ सडक खण्डको बारेमा विशेष पहल गरिने कुराको प्रतिबद्धता पनि व्यक्त गर्नु भयो।
प्रतिक्रिया