मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

चितवन ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ.विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उहाँका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उहाँने जानकारी दिनुभयो ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडीने उहाँले बताउनुभयो ।रासस
_fH6pRodMrR_fcosoha0proq1geka3tun0uhrvd0vdyirr1jhdqkxodt1tavi21uc3hqqlg1_vn6mnXHgC5_xm7e8nqkd9zcfgzcnosnewu6fzilsbpc3gufgva31ndsmnreyhikqspoggtp.jpg)
मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै
%2520(37)_8PxaDywjXB_ygalsm5efctov4ofufwtobirdf5wuq6xcwchqwpdpypjx5fghiwzurtut1li_kRxnxO7nyr_itx3c5pukr24upmtux7xz4etc10krwf5wi01puz1sgy43rgqe4de3tjcugpl.jpg)
विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर (फोटोफिचर)

जनप्रेमी वर्ल्ड स्कूलद्वारा स्प्रिङ फेयर २०८१ आयोजना, आर्टशाला नेपालको विशेष सहभ…
%2520(3)_Q0yx4ijwzH_tz9taxctqkjxc3mswphqchspjwbf8n0p69hiynia8ogd05p4cdfync7yergh_LsqV4VLcb4_8e5knya5r5vugaoyrjaubcckztf8ysbw89ibz2at5jp588em9rfg4cxgft9f.jpg)
प्याबसनको नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथग्रहण

नविन ज्योतिका संस्थापक प्रधानाध्यापक महतो राष्ट्रिय शिक्षा सम्मानद्वारा सम्मानित

मैपि सिटी स्कुल मा भव्य STEAM फेस्ट सम्पन्न!
%2520(36)_QDmni4HBzZ_80evlbky9ilagofn1vx7bn4buzy974drseds5nphm1lxyvqz1frwbw1jidqh_qB35FXxiQ4_hpnyj59itomcluamsvpfpt0gmcpjnypraphuqiod2hq42t7hlaliyaytbuuh.jpg)
प्रतिक्रिया