पत्रकार सन्तोष देउजामाथि आक्रमणको आरोपमा रास्वपा नेता पक्राउ


काठमाडौं।
पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन् । रास्वपा भरतपुर १२ का सभापति समेत रहेका दिपक सेढाईँलाई हिजो राती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुँदा पार्टीले गरेको आन्दोलनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक समेत रहेका देउजामाथि भौतिक आक्रमण भएको थियो ।

पत्रकार देउजाले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै वडा सभापति सेढाईँलाई पक्राउ गरिएको बताएको छ । 

घटनामा जोडिएका अन्य व्यक्तिहरुको खोजी भईरहेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित