रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको पार्टी प्रवक्ता मनिष झाले बताए ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभपति डीपी अर्यालले पाएका छन्।
अघिल्लो बैठकले अर्याललाई कार्यवाहक तोकेको थियो। त्यसपछि पहिलोपटक बैठक बोलाइएको हो।
प्रतिक्रिया