तीनकुनेको जग्गा सरकारले लुटेर राखेको छ : बालेन

 

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दुई तिहाइको सरकारले केही काम नगरेको बताएका छन् । शुक्रबार प्रथम कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै मेयर साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह समेत गरेका छन्। उनले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए।

उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताए। उनले त्यसका लागि जग्गाधनीहरुले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन सुझाव दिए।

उनले उक्त जग्गा सरकारले लुटेर राखेको र प्रक्रिया अघि बढिरहेको कुनै पनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गरे। अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उनको भनाइ छ। 

प्रतिक्रिया

सम्बन्धित