मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी

जनकपुर ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांस मदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

 जनकपुरधाममा आज सञ्चारकर्मीहरूसँगको भेटमा मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न र मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह समेत गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित