१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं,

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।  

नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।  नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित