डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षका बालकको मृत्यु
मुगु ।
मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ । हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो । आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छ्न ।
उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाहि र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छ्न । घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ । अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ ।
घाईते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया