कोरोना संक्रमण हुँदैमा सबैको मृत्यु हुँदैन : डा. रवीन्द्र पाण्डे

dr_1

dr_1

कोरोना संक्रमणको भन्दा यो संक्रमणको भ्रमले धेरै नागरिक चिन्तित छन् | सहि सुचना नै मानसिक तनाब न्यून गर्ने प्रमुख कारक हो | तसर्थ यी तथ्यलाई आत्मसात गर्यौं भने कोरोना संक्रमणबाट धेरै आत्तिनु जरुरी छैन |
..
- कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन | कोरोना संक्रमण भएका १०० जना मध्ये ८५ % साधारण लक्षण देखिएर आफै निको हुन्छ | बाँकी १५ % मध्ये आधा बिरामी अस्पतालको आइसोलेसन वार्डमा सामान्य उपचारपछि निको हुन्छन् | बाँकी ७.५ % लाई आइसीयु वा भेन्टिलेटरको आबश्यकता पर्न सक्छ | सघन उपचारपछि ७.५ % मा आधा निको भएर घर फर्किन्छन् | बाँकी ३ % को मात्र मृत्यु हुन्छ | बालबालिका, युवा तथा बयस्कको मृत्युदर नगन्य छ |

- जेष्ठ नागरिक तथा प्रौढहरु जसलाई नियन्त्रण नभएको दीर्घ रोग छ, जोखिमबर्गमा पर्दछन् | जस्तै मुटुको रोग, किड्नीको रोग, टाइप - १ तथा Complication भएको मधुमेह, क्यान्सरको 3rd तथा 4th स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, कोरोनरी आर्टरी रोग, अनियन्त्रित उच्च रक्तचाप, दीर्घ तथा जटिल स्वाश्प्रश्वासका बिरामी तथा इम्युनोकम्प्रोमाइजड बिरामी जोखिममा पर्छन | जोखिम बर्गका व्यक्तिलाई बिशेष ख्याल गर्नुपर्दछ | बाहिरी वातावरणबाट बचाउनुपर्दछ |

- सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, परिक्षण, आइसोलेसन, घरको खाना, बातावरणमा घटेको प्रदुषण, हात धोइरहने बानी तथा अन्य सुरक्षित उपायको कारण कोरोना संक्रमणबाट सिकिस्त हुनेको संख्या २० % बाट घटेर ३ % मा पुगेको छ | अस्पताल जानुपर्ने बिरामीको रेसियो घटेको छ | नयाँ संक्रमित घट्दै गएका छन् |

- सहरमा बस्ने नागरिकमा कोरोना संक्रमणको भन्दा बेरोजगारी, भोकमरी तथा परिवार पाल्ने चिन्ता बढेको छ | मध्यमबर्गका नागरिकको आय / व्ययको सन्तुलन बिग्रेर चिन्तित छन् भने धनी व्यक्तिहरु आफ्नो ब्यबसाय धरासायी भएकोमा चिन्तित छन् | अर्थात हरेक बर्ग चिन्तामा छन् | त्यो चिन्ता पनि समयले निको गर्नेछ | जब कोरोना संक्रमण नियन्त्रणमा आउनेछ, क्रमसः आर्थिक गतिबिधि बढ्नेछन् |

- कोरोना संक्रमणले कृषि पेशालाई सबैभन्दा महत्वपूर्ण पेशा बनाएको छ, बनाउनेछ | जसले आफै उत्पादन गर्छ, उ नै धनी र सम्मानित बन्नेछ | बाँझो जमिनमा मोतिका दाना फल्नेछन् | कृषि तथा पशापंक्षी पालन गर्ने तथा त्यसलाई बजारीकरण गर्ने नयाँ बर्गको उदय हुनेछ | हरेक देश आत्मनिर्भरको गोरेटोमा हिड्नेछन् |

- विश्वव्यापी रुपमा कोरोना संक्रमण बिरुद्धको खोप मान्छेमा परिक्षण गर्ने चरणमा छ | अनुसन्धानले दावी गरेका छन् कि सयौं प्रयोगशालाले छिट्टै खोप प्रमाणित गर्नेछन | खोप आएपछि कोरोना भाइरस हामीबाट इतिहास बन्नेछ | त्यस्तै अहिले संक्रमणको चपेटामा परेका देशहरुले कोरोनाका बिरामीलाई इबोला, एचाइभी \एडस्, मलेरिया तथा जापानी इन्फ्लुएन्जाको औषधि चलाएका छन् | यो उपचारबाट लाखौँ संक्रमित निको भएर घर फर्किएका छन् |

- भारतको MAX लगायतका अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड-१९ का गम्भीर बिरामीलाई निको गरिरहेका छन् | प्लाज्मा थेरापी संसारभर प्रयोग गरिएको बिधि हो | यो थेरापी नेपालका अस्पतालहरुमा पनि गर्न सकिन्छ | यो सस्तो तथा प्रभाबकारी छ |

- घरमा बस्ने, सरसफाइको ख्याल गर्ने, हल्का व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, चिन्ता र तनाब नलिने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम नगन्य हुन्छ |
- नेपालमा हालसम्म ४५ जना व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा ७ जना निको भएर घर फर्किएका छन् | अरु संक्रमितको अवस्था सामान्य छ | कसैलाई पनि आइसीयु / भेन्टिलेटरमा राख्नुपरेको छैन | ती मध्ये आधिभन्दा धेरै भारतीय हुन् |

 
 
 

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन