सन्दर्भ आमाको मुख हेर्ने दिनः पूज्यनीय आमासेवा ढोग !

आमा!
हो आमा आज यो नेपाली सामाजको यो दिन हो जुन आजको दिनलाई आमा औंशी भनिदोँ रहेछ र तिम्रो अनि हजारौं आमाहरुको मुख हेर्ने दिन आज। आमा किन किन यो आजको दिन मलाई मन पर्दैन तर म मेरो धर्मप्रति निकै रुचि राख्ने हुनाले नकार्न पनि सक्दिनँ। आमा तिम्रो मुख त हरेक दिन हेर्न मन त म जस्ता हजारौं छोराछोरीहरुको होला तर आफ्नो आफ्नो बाध्यताका कारण, कोही सात समुन्द्र पारी छ्न्, कोहि, आफ्नो देशको कर्म थलोमा छन् । हो, आमा यही कारणले तिम्रो अनि हजारौं हजार आमाहरु मुख देख्न गाह्रो भएको छ । अझै यो समय यस्तै छ एक अनौठो रोगका कारण घरमै एकान्त बासको दुखका दिन बिताउन विवश छौं।
आमा बर्षको एक दिन तिम्रो मुख हेरेर तिम्रो जीवनमा कुनै चमक आउँदैन, अनि कुनै खुशी पनि मिल्दैन जबसम्म तिम्रो आँखामा आँशु ओभाउँदैन, तिम्रा परेलीमा छचल्किएका आँशु पुछ्न सकिँदैन, जबसम्म तिम्रा हरमा च्यातिएका चोली र गुन्यु फेर्न सकिँदैन, तिम्रो हर प्रहर हेरविचार हुँदैन, जबसम्म तिम्रो खुशी दिलाउन, छोरा,छोरी, बुहारीले राम्रो गर्दैनन्।
आमा, हिजो आजको परिवर्तनको कारण आमाहरुको आँशु देख्न सहजै सकिन्छ जुनकि शहरीया जीवनशैलीका कारण सयौं आमा वृद्धाश्रममा जान बाध्य छन्।
आमा आजको दिन सामाजिक सन्जालमा हजारौं आमाको अनुहार हालिन्छ जुन बर्षको एक दिन तै पनि तिमी जस्ता दुःखी .जुन कुनै बेला पढ्ने अबसर जुरेन अनि के थाहा सामाजिक सन्जाल । म एक त्यस्तो छोरा हुन मन छ, सधैभरि तिम्रो साथमा रहने अनि तिम्रो आँखाको आँशु झर्नबाट रोक्ने, दुःखसुख सँगै तिम्रो काखमा बिताउने। आमा आज एकान्त बासबाट दिनेश भाइलाई खबर पठाएको छु सुन्नु होला है।
अपरिचित ब्यक्तिबाट सजक रहनुहोला, अनि मैले किनिदिएको साबुनले पटक–पटक हात धुनुहोला है।
उही तिम्रो छोरा गणेश

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_BeJZKFNFqb_8bgnkf7mvabrvsqtkqeuovcku8xhuoc1ktsxw3qgpa7voxdn2e4wrwlwlslk.jpg)
प्रतिक्रिया