विश्वभरका नेपालीको आत्मा रोएको त्यो दिन...

आज भदौ १६ । सम्झनामा १६ वर्ष अगाडिको भदौ १६ । भदौ १६ भन्ने बित्तिकै संसारभरका नेपालीहरुको कहाली लाग्दो दिन । दुई छाक टार्नका लागि विदेशी भूमिमा श्रम बेच्न बाध्य नेपालीहरुका लागि अझै कहाली लाग्दो दिन । रोजगारीका लागि इराक पुगेका १२ नेपालीहरुको हत्या भएको दिन आज १६ वर्ष नै पुगेको छ ।
राकका सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीको हत्या गरेको भदौ १५ गते नै भिडियो सार्वजनिक भएको थियो । आज भन्दा ठीक १६ वर्षअघि आजकै दिन नेपालका १२ युवाहरुको इराकमा घाँटी रेटेर र गोली हानेर हत्या गरिएको विरोधमा उपत्यका लगायतका स्थानमा विभिन्न प्रदर्शन भएका थिए । भिडियो सार्वजनिक भएपछि १६ गते देशभर आन्दोलन, तोडफोड एवं आक्रोश पोखिएको थियो ।
राजधानीकै मुनलाइन म्यानपावरमार्फत वैदेशिक रोजगारमा गएका उनीहरुको बर्बरतापूर्वक हत्या भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि वैदेशिक रोजगारमा संलग्न कार्यालयहरुमाथि आम जनताको आक्रोश पोखिएको थियो । उता १२ जना होनाहार युवाको रगतको खोलो बगीरहेको बेला राजधानी लगायत देशभरिका म्यानपावर कार्यालयहरुमा आगो बलेको थियो । सयौं घरहरु आगलागी भएका थिए, हजारौं राहदानीहरु खरानी भएका थिए । १२ जनाको अन्तिम साससँगै हजारौं नेपालीहरुको सपना पनि तत्कालका लागि खरानी बनेको थियो ।
सोही दिन तत्कालिन समयमा प्रकाशित हुँदै आएको स्पेशटाइम दैनिक र कान्तिपुर दैनिकको कार्यालयमा पनि तोडफोड गरिएको थियो । उपत्यका भरि आक्रोशित मानिसहरु अनियन्त्रित बनेका थिए । म्यानपावर कार्यालयहरु ध्वस्त पार्ने क्रममा स्पेशटाइम दैनिक, कान्तिपुर दैनिक केका लागि टार्गेट बन्यो त्यो अहिलेसम्म पनि नखुलेको प्रश्न रह्यो । पछि गएर स्पेशटाइम दैनिक बन्द हुनुमा बाहिरी कारण त्यही नै देखिएको थियो ।
कतिपय प्रर्दशनकारीहरुले म्यानपावर कम्पनीमा भेटिएका नेपालीका राहदानीहरु ती पत्रिकाका कार्यालयमा बुझाउन गएका थिए, त्यही मध्ये कसैले स्पेसटाइम पनि मुस्लिमकै भएका कारण जलेको यदाकदा सुनिएको थियो । तर, कान्तिपुरमा केका लागि तोडफोड भयो त्यो अनुत्तरित नै छ ।
सबै नेपालीमा आक्रोश थियो, पीडा थियो अनि थियो बदलाको भावना । फलस्वरुप ती १२ जनाको हत्याको विरोध गरिएको थियो । विशेष गरी मुस्लिम समुदायहरु भीडको ‘टार्गेट’मा परेका थिए, कारण मुस्लिम देश इराकमा भएको त्रासदीपूर्ण घटना । राजधानीको केन्द्र घन्टाघरमा रहेको मस्जिद जलाइएको थियो ।
उपत्यकाका सबै म्यानपावर कार्यालयहरुमा आगजनी भएको थियो । केही दूताबासहरुमा आक्रमण गर्ने खोज्ने प्रदर्शनकारीहरुको ज्यान गएको थियो । यही दिनलाई वैदेशिक रोजगार व्यवसायीहरुले इतिहासमा कालो दिनका रुपमा सम्झँदै अहिलेसम्म व्यवसायमा संलग्नहरुले कालो दिन मान्दै कार्यालयहरु बन्द गर्दै आइरहेका छन् ।
सोही घटनालाई मध्यनजर गर्दै सरकारले इराकमा कामदार पठाउन बन्देज लगाउने निर्णय गरे पनि अवैधानिक तरिकाले जाने क्रम रोकिन सकेन । नेपाली युवाहरुको विवशता अनि समस्यालाई त्यस क्रुर घटनाले पनि सचेत गराउने भन्दा पनि आर्थिक समस्या ठूलो बन्यो, फलस्वरुप अझै पनि अवैधानिक रुपमा इराक जाने क्रम भने रोकिएको छैन ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o6LFOShIBJ_0pah2qnpbthxiya6v0alosedf9ivfhhs3ek5jceagg8k1l2tg6m5um2stl3j.jpg)
प्रतिक्रिया