छिमेकीको नियतिः भारतमा एकैदन ९७ हजार बढी संक्रमित, ४६ लाख बढी संक्रमित

ind

 

काठमाडौं । भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा करिब १ लाख संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार भारतमा गत २४ घन्टामा ९७ हजार ६सय ५४ जना नयाँ संक्रमित थपिएसँगै ४६ लाख ५७ हजार ३ सय ७९ संक्रमित पुगेका छन् ।

त्यस्तै १ हजार २ सय २ जना मृतक थपिएसँगै भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७७ हजार ५ सय ६ पुगेका छन् ।

हालसम्म विश्वमा २ करोड ८६ लाख ४८ हजार १ जना संक्रमित देखिएका छन् भने ९ लाख १९ हजार ९९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर ३ लाख १० हजार ७ सय ६ जना नयाँ संक्रमित देखिएका छन् भने ५ हजार ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा देखिएका छन् भने त्यसपछि संक्रमितमा भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै मृतक संख्यामा भने ब्राजिल दोस्रो स्थानमा र भारत तेस्रो स्थानमा पुगेको छ । हालसम्म विश्वमा २ करोड ५ लाख ७३ हजार ७४ जना कोरोनामुक्त भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित