अपर तामाकोशी १ करोड ७८ लाखभन्दा बढी घाटामा

upper_tamakosi_1233
काठमाडौं  ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रु. १ करोड ७८ लाख १ हजार घाटामा रहेको छ । गत वर्षको पहिलो त्रैमाससम्म आयोजना रू १ करोड ३० लाख ५५ हजार घाटामा रहेको थियो । गत वर्षको भन्दा यो वर्ष आयोजना बढी घाटामा रहेको हो ।

४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड विविध कारणले गर्दा अझै सम्पन्न हुन सकेको छैन् । विद्युत् विक्रीबाट आम्दानी शुरु हुन नसकेकाले आयोजनाले घाटा सहनु परेको बताएको छ ।

यस वर्षको पहिलो त्रैमाससम्म नेपाल विद्युत् प्राधिकरण मार्फत नेपाल सरकारको रु १२ अर्ब दिर्घकालिन ऋण प्राप्त गरेको आयोजनाले नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट पहिलो त्रैमाससम्म रू १३ अर्ब ऋण प्राप्त भएको जानकारी दिएको छ ।

गत वर्ष पहिलो त्रैमाससम्म रु ८ अर्ब ३१ करोड ७५ लाख १३ हजार रहेको आयोजनाको कुल दायित्व रकम यस वर्ष सोही अवधिसम्ममा रु ५ अर्ब १४ करोड ५१ लाख ६७ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष आयोजनाको दायित्व रकम घटेको छ । त्यस्तै गत वर्ष रु ७१ अर्ब २८ करोड ७९ लाख ८० हजार रहेको कुल सम्पत्ति यस वर्ष बढेर रु ७९ अर्ब ९५ करोड ८४ लाख ८६ हजार पुगेको छ ।

हाल आयोजनाको चुक्तापूँजी रु १० अर्ब ५९ करोड रहेको छ । रिटर्न अनिङ शिर्षकमा आयोजनाले यो वर्ष रु ७१ करोड ९३ लाख ५३ हजार छुट्याएको छ । गत वर्ष यो शिर्षकमा रु ६५ करोड ३५ लाख ८० हजार थियो ।

घाटामा रहेको उक्त आयोजनाको प्रतिशेयर आम्दानी पनि रू। शून्य दशमलव १७ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रु ९३ दशमलव २१ रहेको छ ।

आजको आर्थिक अभियानमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित