‘संक्रमित अंगहरु’ महाधिबेशनबाट फाल्नु नै उत्तम विकल्प

Puspa

Puspa

 

घुमीफिरी रुम्जाटार (बालुवाटार-खुमल्टार) गरिरहनु भन्दा महाधिबेशन केन्द्रित भई निकाशतिर लाग्ने कि ? ए-कताको संक्रमण फैलिएर क्यान्सर हुनुभन्दा महाधिबेशनबाट संक्रमित अंगहरु फाल्नु नै उत्तम विकल्प होला कि ? तल्लो कमिटिहरु पनि भूमिका नपाएर कुजो परिसके, उनीहरुलाई पनि व्यायाम गराएर तन्द्रुस्त राख्ने हो कि ? यस्तै हो भने एउटाले कुटी रहेको जस्तो गर्ने अर्को रोई रहेको जस्तो गर्ने, नभए आँफै नाटक मन्चन गरेर नाटक मनपर्दैन भन्ने कहिलेसम्म ?

पछिल्ला दिनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नदेखिनुपर्ने विवाद देखिइहेको छ । पार्टीको आन्तरिक विवाद बाहिर छताछुल्ल आउनु पक्कै पनि राम्रो होइन । यसले पार्टीलाई भन्दा पनि विपक्षीलाई नै फाइदा पुग्ने देखिन्छ । निकट भविष्यमा हुने निर्वाचनलाई मध्यनजर गरेर संगठन गर्नुपर्ने बेलामा भएको संगठन पनि भत्किने किसिमका घटनाहरु देखिनु पक्कै पनि नेपालका कम्युनिस्टहरुका लागि शुभ संकेत होइन । त्यसैले फुटेर भन्दा पनि जुटेर विवाद समाधान गरेर महाधिवेशनको तयारीमा लाग्दा राम्रो हुन्छ । पार्टीको आन्तरिक विवादको फाइदा प्रतिपक्षीहरुले नलिउन् भन्नका लागि पार्टीका केन्द्रीय तहका नेतृत्व वर्ग बेलैमा सचेत हुनु आवश्यक छ ।

स्थानीय, प्रदेश र संघका चुनाबबाट उम्मेदवारहरु विजय भएर आएको पनि यतिका बर्ष भयो, यस अन्तरालमा कयौं विकाश निर्माण, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि,पर्यटन,विकाश निर्माण, सामाजिक, आर्थिक क्षेत्र

आदि कामहरु भए, एकता संक्रमणले गर्दा तेस्को जस पार्टी कमिटिहरूले लिन पाएनन् । राम्रो कामको जस जनप्रतिनिधि ९व्यक्ति० ले लिने र अपजस पार्टी संगठनलाई जाने, अवसर जति सिमित जनप्रतिनिधि र नजिकका व्यक्तिहरुलाई र चुनौतीजति संगठनहरुलाई !

राम्रा काम गर्दै आएका जनप्रतिनिधिहरुले फेससेब गरेपनि संगठनहरु सक्रिय नहुँदा त्यसको प्रचारप्रसारमा कमि, अपनत्व नहुनु, चुनौती र भ्रमहरुलाई सामुहिक रुपमा चिर्न नसक्नु आदि समस्याहरुले पार्टी संगठनले जति फाइदालिन पर्ने थियो न त्यो लिन सक्यो न जनप्रतिनिधिहरुले आफ्नो छाती चौडा बनाउन नै सके ।

अब आउने चुनाबमा पहिलाको जस्तै सबै कार्यकर्ता एक ढिक्का भएर पार्टी र पार्टीको उम्मेदवारलाई काँधमा बोकेर हिँड्ने वातावरण अहिलेकै परिस्थिति फलामको चिउरा चपाउनु जत्तिकै छ।

अतः कुनै पनि संघ सस्था, संगठनको अन्तरिक किचलोको छिनोफानो गर्ने उत्तम विकल्प भनेको अधिबेशन नै हो। छिटो भन्दा छिटो कार्यतालिका सार्बजनिक गरेर तल्लोतहसम्म भएका सम्पूर्ण असन्तुष्टि र बिचारहरुलाई माझ्ने गरी महाधिबेशन तय होस् र त्यसलाई सबै नेता कार्यकर्ताहरुले 'एकता महाधिबेशन' भन्न पाइयोस् । 

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन