अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईद्वारा कार्यभार

Rai

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । आज विहान राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेका थिए ।

सपथ लिएसँगै बुधबारबाटै उनले आफ्नो कार्यभार सम्हालेका छन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् ।

अख्तियारका कर्मचारीहरूले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा संवैधानिक परिषद्बाट सिफारिस भइ नियुक्त भएका राइसहितका ३२ जना पदाधिकारीले सपथ लिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित