मुठभेडको संघारमा एमालेका ओली र नेपाल पक्ष

नेपाल कम्युनिस्ट पार्टी एमालेका दुई पक्ष मुठभेडको अवस्थामा पुगेका छन् । पुस ५ मा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि छताछुल्ल भएको नेकपाभित्रको विवाद अन्ततः पार्टी विभाजनसँगै मुठभेडको अवस्थामा देखा परेको छ ।
सम्माननीय सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट एमाले र माओवादी केन्द्र बनेका यी दुई बामपन्थी दलहरु अहिले आएर एकआपसमा विवाद र गालीगलौचमै व्यस्त बन्न थालेका छन् ।
सर्वोच्चको फैसलापछि नेकपा एमाले बनेको प्रधानमन्त्री केपी नेतृत्वको राजनीतिक दल सत्तापक्षीय दल हो र अर्को दल माओवादी केन्द्र पनि सत्तापक्षीय दल नै रहेको संसदमा सहभागीतापछि बसाईको रोलक्रमले नै पुष्टी गरेको छ ।
छलफल र वार्ताकै विकासक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई छलफलमा बालुवाटारमा बोलाए । तर माधव पक्षले बालुवाटारमा छलफलका लागि अस्वीकार गरेपछि विगत लामोसमयदेखि पार्टी कार्यालयका कुनै पनि बैठकमा सहभागी नजनाएका अध्यक्ष ओली धुम्बाराही टेक्न बाध्य बने । माधव नेपाल समूहले आफू र ओली ‘वन मेन’ वार्ता नगर्ने अडान राखेपछि दुवैपक्ष आप्mना दोस्रो पक्षीय नेतासहित उपस्थित भएर छलफल गरे ।
त्यसअगावै अध्यक्ष ओलीले बालुवाटारमा आह्वान गरेको चियापानमा नेपाल पक्षीय कोही पनि केन्द्रीय सदस्य र सांसदहरु उपस्थित भएनन् । यसबाट सोमबारको छलफलमा कुनै सकारात्मक छलफल नभएको प्रमाणित हुन्छ । सोमबारको बैठकमा नेपाल पक्षीय रघुजी पन्तले छलफल सकारात्मक भएको दाबी गरे पछि नेपाल पक्षको मंगलबार चियापानमा अनुपस्थित हुनुले धुम्बाराही छलफल सकारात्मक नभएको पुष्टी हुन्छ ।
त्यसका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक बहिस्कार गर्ने नेपाल समूहको घोषणासँगै यी दुई पक्षबीच गम्भीर तिक्तता रहेको पुष्टी हुन्छ ।
त्यस्तै नेपाल पक्षले भोली अर्थात् बुधबार र बिहीबार आयोजना गरेको कार्याकर्ता भेलामा सहभागी भएको खण्डमा ओली पक्षले नजानका लागि आग्रह गरेपछि यी दुई पक्षबीच मुठभेडको संकेत देखिएको हो । अध्यक्ष ओलीले मंगलबार सहभागी भएका एक कार्यक्रममा सार्वजनिक रुपमै बुधबार र बिहीबारको नेपाल पक्षीय भेलामा सहभागी नहुन कार्यकर्ताहरुलाई आग्रहका साथै निर्देशन पनि दिएका छन् । ओलीले सहभागी नहुन निर्देशन मात्र होइन, सहभागी भएमा कारबाही समेत गर्न सकिने धम्की दिएका छन् । यसबाट एमालेका यी दुई पक्षबीच मुठभेडको अवस्था नै देखिएको हो ।
मंगलबारकै एक कार्यक्रममा नेपाल पक्षीय नेता योगेश्वर भट्टराईले प्रमुख अतिथिको रुपमा ओलीलाई निम्तो दिनु पनि यी दुई पक्षबीचको तिक्तता घट्ने नभई बढ्ने संकेत देखिन्छ । बुधबारको कार्यक्रमलाई लक्षित गर्दै ओलीले आप्mना अनुयायीलाई ‘बुझ्न’ का लागि खटाएकोलाई लक्षित गर्दै नेपाल पक्षीय भट्टराईले ‘प्रधानमन्त्रीजी, अनुयायी खटाउनै पर्दैन भोलिको भेलामा प्रमुख आतिथ्यता तपाईले नै गर्नुहोस्’ भनेबाट यी दुई समूहबीच वार्ता र सहमतिको संकेत भन्दा पनि विवाद र तिक्तता कायमै रहेको र यसले सकारात्मक निकास निकाल्न सहयोग गर्ने अवस्था नआउन सक्छ ।
त्यसका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक बहिस्कार गर्ने नेपाल समूहको घोषणासँगै यी दुई पक्षबीच गम्भीर तिक्तता रहेको पुष्टी हुन्छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_70lNAcdpVs_r5bwirrfkws8mzuvaxbs9eaqmb3nhos1cwrc8ifoesuwulcjgelb5ttghigx.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_NwC3v3xcXM_ederzwl7bwsad5sdt8aq1uexvklibxzdparukxq0edaf69opwnxndwhbvpny.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_317MfaIE2o_orpyuvyzydig5dmd5ygeiky5av065muzhbud6qdqrxwsjqng2hpgpo8cfen0.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_j0Vif9RXB9_duv3hroqesclquzzeedbdasglcwwuioqubwhaaggb29wu9b9aftmkfjnlhm7.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_5Zkbvf7vEx_hohjr6pxjjqohmrppsqhyzlxq25kwok7jbfxpssx19qom3s7hc9xed5dwiju.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_2GzvqD1bkd_byzneft2bbfjrfmqd9zcpueomfebfmnhs2sky7ajupi0o1j3fqpl35xbglun.jpg)
प्रतिक्रिया