‘स्पेल बी’ को चौथो सिजन आजबाटकान्तिपुर टेलिभिजनमा

 

spell be

 

काठमाडौं । भूषण दाहालले चलाउने कार्यक्रम ‘नेपाल स्पेल बी’को चौथो सिजन आजबाट कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

शब्दावली सम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बि’ आजबाट साताको हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कार्यक्रम प्रशारण हुने छ । अंग्रेजी शब्दको ‘स्पेलिङ’ (हिज्जे) उच्चारण सम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीहरुको शब्दावली बढाउने सँग सम्बन्धित रहेको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न २५ शहरबाट अडिशनमार्फत छनौट गरिएको थियो । इलाम, विर्तामोड, दमक, चितवन, पोखरा, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानबाट सहभागी रहेका छन्। माध्यमिक तहदेखि प्लस टु सम्मका विद्यार्थीहरु कार्यक्रममा सहभागी रहेका आयोजक तथा मालिन मिडिया प्रा.लिका प्रबन्ध निर्देशक महेश पोखरेलले बताएका छन् ।

नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ । २८ साता चल्ने उक्त कार्यक्रमले विजयी विद्यार्थीहरुलाई छात्रवृती तथा प्रोत्साहन स्वरुप पुरस्कारको समेत व्यवस्था गरेकोछ ।

नेपालभरीका करिब २३०० स्कुल कलेजको सहभागीता रहेको  उक्त कार्यक्रमको मुख्य प्रायोजनमा कोलगेट रहेको छ । अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रम निर्माण पक्षले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित