सुरू हुँदै ५ लाख पुरस्कार राशीको लोकदोहोरी महोत्सव, उपराष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७०भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराजढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वीतिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको निर्णायकमा गायक-गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेशदुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा अमृत खाती, मिनामैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहने छ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरुको मूल्यांकन हुने आधारका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक-गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ ।
महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकीप्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणकोसमेत व्यवस्था गरिएको छ ।
टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकलाई प्रवेश नि:शुल्क गरिएको जानकारीदिए ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_hiek63b1WD_kuj7xbqtkod3moe4vpbnoxbaq7l9j02mi1y5phfe4vywe2chfejap4kt6bdf.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_dx1nJqfIX9_3hxvrcdxzimbckrp427g9ohzauxu6agp3bkzwiundrg1abymzyv4c0ttf9x1.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_c7DDJf10MS_n2cbbxycshxzd5cimgu48segpy9mymma6uowzx1ehg1nuw49nafkaq8nvxkj.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_65gDSzlwhJ_wzkyntnitdyyikzvktrw49sejfd8uzepsrdauhal1yrobdwvqkmwejpbijy1.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_BOVqSPboLk_095pyrdvhhwbfapojtjyov4duomqlnpbg4lhm1wov7vlghlpc5gameo6ai5w.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया