चरम संकटमा श्रीलंकाः सबै सरकारी तथा निजी विद्यालय बन्द

कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजीविद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाकाशिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए ।यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो ।
लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबैसरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका अन्य मुख्य सहरका विद्यालयएक साता बन्द रहने डेली मिररले जनाएको छ ।
श्रीलंकाका शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाईअनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे । यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयकाकक्षा सञ्चालन गर्न दिइने पनि उनले बताए ।
अनलाइन शिक्षणलाई सहज बनाउन साताको एक दिन बिहान ८ बजेदेखि १ बजेसम्मबिजुली कटौती नगर्न श्रीलंकाको पब्लिक युटिलिटिज कमिसन ९पीयूसीएसएल० सहमतभएको उनले बताए ।
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि अहिलेसम्मकै आर्थिक संकट सामना गरेको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया