साउन १ देखि नयाँ तलबमान लागू गर्ने मन्त्रीपरिषद्को निर्णय (निर्णयसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान लागू गरेको छ । साउन २६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान लागू हुनेछ । सरकारले बजेट मार्फत सबै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो । मन्त्रिपरिषद्ले नयाँ ग्रेड तोकेको छ ।
मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयअन्तर्गतको आयोजनाका लागि राजपत्राकिंत ५१ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । यस्तै, कानून मन्त्रालयको लागि राजपत्रांकित ५८ पदको स्थायी पद स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए । कृषि मन्त्रालयका लागि २० अस्थायी पद स्वीकृत गरिएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया