देशभर ३०२ संक्रमणमुक्त हुँदा थप ४५५ जनामा कोरोना पुष्टी, २ संक्रमितको मृत्यु

Corona_Test
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४५५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ४८२९ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ३०२ जना कोरोनामुक्त भएका छन् भने थप २ संक्रमितले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ८८ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा देशभर १३ हजार ३२८ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया