व्यवसायी भण्डारीलाई राष्ट्रिय हस्पिटालिटी सेवा सम्मान

काठमाडौं । होटल व्यवसायी टीआर भण्डारी (शंकर) राष्ट्रिय हस्पिटालिटी सेवा सम्मानबाट सम्मानित भएका छन् ।
होटल व्यवसायी महासंघ नेपालका सचिव भण्डारीलाई यस वर्षको राष्ट्रिय हस्पिटालिटी सेवा सम्मान—२०७९ द्वारा सम्मानित गरिएको हो ।
राष्ट्रिय नागरिक विकास समाज तथा ग्लोबल फ्रेन्डशिप फाउण्डेशनद्वारा राष्ट्रिय शिक्षा तथा बाल दिवसको अवसरमा शुक्रबार आयोजित ‘विशेष सम्मान समर्पण समारोह’ कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रथम उपराष्ट्रपति परमानन्द झा तथा विशेष अतिथि पूर्वरक्षामन्त्री माननीय भिमसेन दास प्रधानले संयुक्त रुपमा सम्मानपत्र दिएर सम्मानित गरेका हुन् ।
विगत दुई दशक देखि सक्रिय भण्डारीले हस्पिटालिटी क्षेत्रमा अमूल्य योगदान पुर्याएकोले सम्मान गरिएको हो । सम्मान ग्रहण गरिसकेपछि भण्डारीले सम्मानबाट आफूलाई यस क्षेत्रमा अझै सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताए ।
प्रेसिडेण्ट विजनेस ग्रुप प्रा.लि.का अध्यक्ष समेत रहेका युवा व्यवसायी, महासंघका सचिव भण्डारी पर्यटन तथा सामाजिक क्षेत्रका एक प्रेरणादायी एवं अनुकरणीय व्यक्तित्वको रुपमा आफूलाई स्थापित गरिसकेका छन् ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा सेवा सहित योगदान पु¥याएका विशिष्ट व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको थियो ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया