पाँच दलीय गठबन्धन बैठकको निर्णय : 'राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि प्रहार गरिन्'

काठमाडौं । सरकारमा सहभागी दलहरूको बुधबार बसेको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि नैप्रहार गरेको ठहर गरेको निश्कर्ष निकालेको छ ।
संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमा हिजो बुधबार सकिएको हो ।
राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको अपमान र अवमूल्यन भएको छ बैठकको निश्कर्ष छ । राष्ट्रपतिको कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको र अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मूल्य मान्यतामा गम्भीर प्रहार भएको बैठकको ठहर छ ।
राष्ट्रपतिको कदमविरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मकसंवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, वौद्धिक समुदाय, संचार लगायतलाई बैठक आह्वान गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष सहभागी थिए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_3lrDVrjj45_asgumqnmhdo4agjsycvuczyflt8tnfunmn1amdd1irhhxgsqbaxyx62g9qxo.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_QuAa2G1lj7_huezwmh0flnkkufpowbkdtzwiokrncxdws5hochczdklvvoloucyicyuknxc.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_317MfaIE2o_orpyuvyzydig5dmd5ygeiky5av065muzhbud6qdqrxwsjqng2hpgpo8cfen0.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_j0Vif9RXB9_duv3hroqesclquzzeedbdasglcwwuioqubwhaaggb29wu9b9aftmkfjnlhm7.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_5Zkbvf7vEx_hohjr6pxjjqohmrppsqhyzlxq25kwok7jbfxpssx19qom3s7hc9xed5dwiju.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_2GzvqD1bkd_byzneft2bbfjrfmqd9zcpueomfebfmnhs2sky7ajupi0o1j3fqpl35xbglun.jpg)
प्रतिक्रिया