सूर्यविनायकमा बसको ठक्करबाट एक महिलाको मृत्यु

Death_1
भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका-८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा१प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका भक्तपुर नगरपालिका-१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
प्रहरीले ठक्कर दिने सवारीसाधन र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया