समूह विजेता बन्दै इङ्ल्यान्ड अन्तिम-१६ मा

कतार । इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
अहमेद बिन अली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । त्यस्तै फिल फोडेनको एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा तीन गोल गरेको हो ।
खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए । जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्यो । इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।
यता वेल्स १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरियो ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया