हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एटिसीको निर्देशन नमानेपछि तीन नेपाली पाइलटलाई कारबाही सिफारिस  

Nepal Airlines 1

काठमाडौ । 

विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेपछि नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ।

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गर्न निर्देशन र्दिइएको हो ।

हङहङ विमानस्थल एटिसीको निर्देशन नमानेकाले त्यहाँको सिभिल एभिएसनले हामीलाई खबर गर्‍योु उनले भने, यसै आधारमा प्राधिकरणले तीन पाइलटलाई निलम्वन गर्न निगमलाई निर्देशन दिएका छौं।

प्रतिक्रिया

सम्बन्धित