आत्मदाह गरेको घटनाले राज्यलाई लज्जित बनायो : शेखर कोइराला

Shekher  Koirala

Shekher Koirala

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने रु’ उनले भने।

आत्मदाहको प्रयास गर्ने इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित