रवि लामिछानेले दिए उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा

Rabi resignation
काठमाडौं ।
सर्वोच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्चको फैसलापछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।
पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेले ३२ दिनमै पद गुमाएका छन् । यद्यपि, लामिछानेले राजीनामा अघि सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।
सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’
सञ्चारकर्मीले लामिछानेलाई सर्वोच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया