उपराष्ट्रपतिमा आफ्नो मतबारे टुंगो लगाउँदै रास्वपा

Raswapa-Rabi-lamichhane-1024x624
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्नका लागि बैठक बोलाइएको प्रवक्ता मुकुल ढकालले जनाए । रास्वपाले यसअघि राष्ट्रपति चुनावमा पनि मतदानकै दिन बैठक बसेर सत्ता गठबन्धनलाई साथ दिएको थियो ।
शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता मुकुल ढकालले बताए । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाका १९ सांसद छन् । बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।
उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनबाट रामसहाय यादव र ममता झा उम्मेदवार छन् । तर, झालाई उम्मेदवारी निष्क्रिय गराउन गठबन्धनमा प्रयास जारी छ ।
त्यस्तै प्रमिला यादव पनि उम्मेदवार रहे पनि उनले रामसहाय यादवलाई समर्थन गर्दै आफूले उम्मेदवारी निस्क्रिय गराएको बताइसकेकी छिन् । एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया