गायक नरेश बुढाथोकीको स्वरमा ‘तिमी बिना ’ बोलको गीत सार्बजनिक (भिडियो सहित)

Naresh Budhathoki new song

काठमाडौं ।

गायक नरेश बुढाथोकीको स्वरमा ‘तिमी बिना ’ बोलको गीत बजारमा आएको छ । मनोज बस्नेत र एटके एभरेष्ट मोसन पिक्चर्सले बजारमा ल्याएको यो गीतको शब्द सोन्दर मगरका रहेको छ ।

आनन सिंह र मलिका महतले अभिनय गरेको उक्त भिडियोको निर्देशन राजेश पुमा राईले गरेका छन् । पछिल्लो समय गायक बुढाथोकी र गायिका टीका प्रसाईको स्वरमा ‘केही हुन्न भेट हुँदैमा’ बोलको गीत बजारमा आएको थियो ।

बुढाथोकीले र गायिका अञ्जु पन्तले गाएको ‘कान्छी हो कान्छीहो बोलको गीत आम दर्शक श्रोताहरुले रुचाएका थिए । नेपाल आइडल सिजन–४ का अडिसन राउण्डमा प्रि–जजको भूमिका निर्वाह गरिसकेका बुढाथोकी लामो समयदेखि संगीत साधनामा लागि रहेकाछन् । पछिल्लो समय लोकप्रियता कमाईरहेका बुढाथोकीले निकट भविष्यमा पनि अन्य गीतहरु ल्याउने तयारीमा रहेको पनि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित