मकाउँमा नेपाल पर्यटन, संस्कृती एबम् ब्यपार एक्सपो भब्यताका सम्पन्न

मकाउ ।
नेपालमा पर्यटन, संस्कृती एबम् ब्यबसाय प्रर्बद्धन गर्ने उद्देश्यले मकाउँमा आयोजना गरिएको नेपाल पर्यटन, संस्कृती एबम् ब्यबसाय प्रर्बद्धन एक्सपो भब्यताका सम्पन्न भएको छ । नेपाली महावाणिज्य दुताबास, कन्सुलेट जनरल अफ नेपाल हङकङ मकाउँ, सार बिशेष प्रशासनिक क्षेत्र र गैर आवसिय नेपाली संघ मकाउँको प्रमुख आयोजना तथा लालिगुँरास एसोसिएसन हङकङ , ब्रदरहुड एसोसिएसन मकाउँ तथा मकाउँ बडिबिल्डीङ एण्ड फिटनेश एसोसिएसनको सहआयोजना सम्पन्न कार्यक्रममा नेपालमा हङकङ मकाउँ लगाएतका मुलुकबाट पर्यटन प्रर्बद्धन , सांस्कृतीक सम्बन्ध बिकास तथा ब्यापार ब्यबसाय प्रर्बद्धन सम्बन्धी बिभिन्न बिषयमा सरोकार निकायका उपस्थिीत प्रतिनिधिहरु बिच छलफल गरिएको थियो ।
नेपाली महावाणिज्य दुतावाश हङकङ मकाउँका महामहिम वाणिज्य दुत उदय बहादुर राना मगरको प्रमुख आतिथ्यमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको एक्स्पोमा नेपाली र विदेशी नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
एनआरएनए एनसिसि मकाउँका कार्यबाहक अध्यक्ष रुस्तम श्रेष्ठ, संस्थाका संरक्षक श्रीजन (Kingston Baba) , बम लिम्बु ,चेतन गुरुड , बरिष्ठ सल्लाहकार तथा निर्वाचन कमिटीका अध्यक्ष बिकेन जोशीको संयोजनमा आयोजित कार्यक्रममा संयुक्त रुपमा हङकङ र मकाउँलाई समेट्ने गरी यहाँ रहेका नेपाली ब्यबसाय, परम्परागत तथा मौलिक नेपाली हस्तकला लगाएतको ब्यापारको प्रबद्धन सम्भाबनाहरुका बारेमा ब्यापक छलफल गरिएको थियो ।
एक्स्पोमा एनआरएनए एनसिसि मकाउँका मिडिया संयोजक Wynn Macau मा कार्यरत उत्सब सापकोटा (Commemoration Diurnal) ले कार्यक्रमको महत्व एबम् उपाधेयताका बारेमा स्थानिय संचारमाध्यलाई जानकारि गराउँदै कार्यक्रमा उपस्थितीका लागि धन्यबाद समेत ब्यक्त गरेका थिए ।
नेपाली राजस्वको श्रोत पर्यटनलाई नेपालको प्रमुख उद्योगका रूपमा लिईरहँदा पर्यटक समक्ष हामी हाम्रो तर्फबाट पनी नेपाली झल्किने गरी बुद्धको भुमी, दश उच्चतम हिमाल, पवर्तारोहण, सांस्कृतिक विविधता, धार्मिक र भौगोलिक वातावरणिय विविधताहरु लगायत नेपालका प्रमुख पर्यटक श्रोतहरुलाई यस कार्यक्रम मार्फत विश्व जगतमा नेपाललाई जोडेर सिङ्गो नेपालको पर्यटनमा योगदान पुग्ने बिश्वासका साथ कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
एक्स्पोमा फिलिपिन महावाणिज्य दुत मकाउँ Consulate General of Macau Hongkong/ Myanmar महावाणिज्य दुत मकाउँ हङकङ र मकाउँ विशेष प्रशासनिक क्षेत्र जनवादी गणतन्त्र चिनका विधानसभा उपाध्यक्ष डेपुटी Jose Maria Pereira Coutinho (Commander), मकाउँ र पोर्चुगल बिच आर्थिक ब्यापार सहयोगको लागी फोरम को स्थायी सचिवालयका उपमहासचिब Miss Rita Botelho de Santosh (Commander) मकाउँको आर्थिक सांस्कृतिक र वाणिज्य तथा व्यापार प्रर्बदन गर्ने संघका संस्थापक अध्यक्ष पोर्चुगिज मुलका मकाउँ नागरिक Luis Nunes, अर्न्तराष्ट्रिय ब्यापार केन्द्रका अध्यक्ष तथा चिनमा SDM का लागी बिशेष बिशिष्ट संवाददाता Vitorio Rosario Cardos Maderia, मकाउँ सहासभा उपाध्यक्ष Carlos Rui Pires Marcelo को बिशेष उपस्थिीती रहेको थियो ।
कार्यक्रममा नेपाली समाज मकाउँका अध्यक्ष युबराज न्यौपाने अतिथीहरुको स्वागत सत्कार सहित आर्थिक सहयोग उपलब्ध गराएका थिए भने कार्यक्रम सफलताको कामना गर्दै Top Builder Group Ltd का Director Tam Hon Cheong Forest ले एक्स्पोको Diamond Sponsor गरेका थिए । एक्सपोको सफलताका लागि मकाउँ स्थित Macau Overseas Workers Association का President Lorenzo Lameiras, हङकड निबासी नेपाली र मकाउँमा कार्यरत नेपालीहरुको ब्यक्तिगत तथा संस्थागत आर्थिक सहयोग गरेका थिए ।
एक्स्पोमा विभिन्न कम्पनिहरुले आफ्नो सेवा र सुबिधाका बारेमा स्टल सहित ब्यापार तथा सामाग्री प्रदर्शन गरेका थिए भने मकाउँमा स्थापित विभिन्न संघ संस्थाहरुले आफ्नो समाज र सास्कृतिक पहिचान झल्किने लाखेनाच साँकेला झाँकी सहित नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत प्रदर्शन गरिएको थियो ।
कार्यकममा मकाउँमा स्थापित हेड्स नेपाल मकाउँ शाखा, गुरुङ तमु समाज, मगर समाज, किरांत राई यायोक्खा समाज, सुदुरपस्चिमेली समाज, सेर्पा समाज, तामाङ घेदुङ समाज, नेवार समाज मकाऊ ,नेपाली समाज मकाउँ लगाएतका संस्थाहरुको उपस्थितीका साथ आर्थिक सहयोग रहेको थियो ।
एक्सपोले मकाउँमा रहेका नेपालीहरु बिच एक आपसमा भातृत्व तथा दुई देश बिच परस्पर मितब्ययिता कायम राख्न महत्वपूर्ण भुमिका खेल्ने , पर्यटक आवागमन मा प्रोत्साहन गर्ने, मकाउँका यावत बिशिष्ट व्यक्तित्वहरुले यस ऐतिहासिक कार्यक्रमको प्रसंशा र खुसी प्रकट गरिरहँदा नेपाल र नेपालीको हितमा सकारात्मक कार्य गर्ने थप उर्जा प्रदान गरेको गैर आवसिय नेपाली संघ मकाउँ एन.आर.एन.य (संरक्षक) तथा मकाउ नेपाली बडी बिल्डिङ येसोसियेसन परिवार मकाउँ सभापती kingston (श्रीजन बाबा )ले बताए ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_lNBdpfEwzN_hluwaigmazq9exsrlmthgqom25gnnghfazeygzmfuyn6nng5y25xxpqbldev.jpg)
प्रतिक्रिया