अक्षय कुमारकाे ओएमजी-२ काे २० सिन काटियाे, 'ए' सर्टिफिकेट दिने भएपछि निर्माता असन्तुष्ट

मुम्बइ । अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ यतिबेला सेन्सर बोर्डमा फसेको छ । यसैबीच बोर्डको परिमार्जन समितिले फिल्म हेरेको जनाइएको छ ।
ई–टाइम्सको रिपोर्ट अनुसार समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ। तर, यस विषयमा निर्मातालाई कारण देखाउ सूचना पनि पठाइएको छ । स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उता दैनिक भास्करसँग भने फिल्मको निर्माण टिमले त्यस्तो केही नभएको बताएका छन । चलचित्र परिमार्जन समितिले अहिलेसम्म नहेरेको फिल्म टोलीले जनाएको छ । समितिले आज २६ जुलाइमा हेरेर थप निर्णय गर्नेछ । तर, अहिलेसम्म यस विषयमा निर्माताको आधिकारिक धारणा आएको छैन । यस्तो अवस्थामा फिल्म अहिले कुन अवस्थामा छ ? भन्ने अनुमान गर्न गाह्रो छ ।
अचम्मको कुरा के छ भने फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरन्स’ भने आउन सकेको छैन । यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ ।
ओएमजी २’ अगस्ट ११ मा रिलिज हुँदैछ । हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन । अहिले बिदामा रहेका अक्षय कुमारले फिल्मको हलको मिति तय गर्ने विश्वास गरिएको छ ।
वास्तवमा यो फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ । यस्तो अवस्थामा सेन्सर बोर्डले ‘ओएमजी २’ समीक्षा समितिमा पठाएको छ । समीक्षा समितिको जवाफपछि सेन्सर बोर्डले फिल्मको भाग्य तय गर्नेछ ।
साथै, बिबादका कारण ओएमजी २ को ट्रेलर पनि रिलिज हुन सकेको छैन । सेन्सर बोर्डबाट २७ गतेसम्म ‘क्लियरन्स’ नआएमा यो ट्रेलर पनि जुलाई ३१ सम्ममा रिलिज गर्ने तयारीमा छन् ।
यो फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी’ को सिक्वेल हो। उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_OwyB75J6kf_v5v7v4fkigsym6ba5rpakrsewlnuv75ttfxhjtxxzhvqufsjvrgmnjb8cf0u.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_X2yvHXTnY1_xe3rzrwrptwf5s8hq7j74shbszp93euck4jxr6caorucno5ptfhrhkywgwla.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_og9MmgO0EV_ifedvxniybahyw3f81fccqcucc9cetw0g3dgnx31evwy1zekonaxscpopdsa.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_fsQdsxXaZh_hrxcolr99lwiuxorrvlu3mdoildsuydr5ovrl3fkgm7aco1urjo9arrnxsqh.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_AtZ96GHara_4sgybj7vcyifmtfn3idhifyn4z00w9arsl6vuewabosm7xwuquk7l9mwqlf9.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_7fx6sx2meY_exnlnviemeroranzwxwqzx4tb0itrsok0qxiqy3q5nsczaa5xm4e4o8jbk3x.jpg)
प्रतिक्रिया