मेरो अध्यक्ष पदको उम्मेदवारीलाई अधिकांश गैरआवासीय नेपालीको समर्थनः आरके शर्मा

RK Sharma

RK Sharma

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आउँदो कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके)ले आफुलाई विश्वमा रहेका अधिकांश गैरआवासीय नेपालीहरुको समर्थन रहेकाले आफुलाई पछि हट्ने छुट नभएको बताए ।

 शर्माले आफू सम्पूर्ण रुपले नेतृत्व हाँक्न सक्षम रहेको भन्दै अब कुनै पनि अवस्थामा पछाडी नहट्ने बताए । आफु अध्यक्षका लागि स्वभाविक उम्मेदवार भएको पनि उनले बताए ।

 ‘मेरो बेला पनि अब उपाध्यक्षबाट अघि जाने बाटो भनेको अध्यक्षमा नै हो,’ शर्माले भने । आफुले आईसिसि सदस्य, मध्यपुर्व संयोजक, सचिव, उपाध्यक्ष भएर संघका विभिन्न जिम्मेवारी पुरा गरिसकेकाले अवको आफ्नो गन्तब्य अध्यक्ष नै भएको बताए । अधिकांश गैरआवासीय नेपालीको समर्थन आफूलाई रहेको दावी शर्माको छ ।

 ‘म कुनैपनि हालतमा ब्याक हुँदिन । अहिले म एउटा व्यक्ति उठेको होइन मेरो उम्मेदवारी मध्यपुर्वको संयुक्त उम्मेदवार हो । मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ,’ शर्माले भने,  ‘विश्वभरका अधिकांश गैरआवासीय नेपालीको विश्वासलाई मैले कहिलै टुट्न  दिन्न ।’ विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने शर्माको दावी रहेको छ । शर्माले छिट्टै औपचारिक रुपमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्ने बताए ।

 आफूलाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्व अध्यक्षहरु र एनआरएनए अभियन्ताहरुको  पनि समर्थन रहेको शर्माले बताए । मलाई मेरा एजेण्डामा विश्वास छ । त्यो एजेण्डालाई एनआरएनएका संस्थापकहरूले पाखा राखेर अरु एजेण्डालाई काखा राख्न कहिँ पनि सक्नुहुन्न्, शर्माले भने,  ‘सबै पूर्व अध्यक्षहरूले मध्यपूर्व क्षेत्रको एउटा नेतृत्व हुनुपर्छ भनेर भन्नु भएको छ । एनआरएनएलाई पैसावालको क्लब भनेर लागेको दाग यसपटकबाट मेटाउनु पर्छ भन्ने पक्षमा सबै अभियन्ताहरू हुनुहुन्छ ।’

 अहिले उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा आउने कार्यकालमा अध्यक्षमा बाजी मार्न विश्व दौडाहमा छन । शर्मा कतार र नेपालमा व्यवसाय गर्छन । उनी सफल ब्यावसायी र समाजसेवी पनि हुन । उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन । हाल मध्यपुर्व, मलेसिया, कोरिया, युरोपमा ३० लाखभन्दा बढी श्रमिकहरु कार्यरत रहेका  छन । शर्माले यिनै श्रमिकका मुद्दा र विश्वमा रहेका लाखौ गैर आवासीय नेपालीहरुको मुद्दा ऊठाउने जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन