आजदेखी एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुदैँछ ।
धनगढी नगरपालिका–१४ सिरहास्थित चौथौं महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।
गत भदौं ९ वाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजवाट सुरु हुन लागेको हो ।
‘भौगलिक बिकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेवाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने । उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन बिभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन ।
एमालेले सो स्थानलाई 'कम्युनिष्ट अान्दाेलनकाे ऐतिहासिक स्थल" मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिए । ‘तत्कालिन नेकपा मालेको चौथों महाधिवेसन भएको स्थलमा मात्रै होइन, यही स्थलमा भएको महाधिवेसनवाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएकाे थियो,’ भट्टराईले भने, ‘सोही महाधिवेसनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतबिरुद्ध बाममोर्चा निमार्ण गरेर कांग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीवाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ ।’
उनका अनुसार उक्त महाधिवेसनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्सीय केन्द्रिय कमिटी निमार्ण गरेको थियो ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_hiek63b1WD_kuj7xbqtkod3moe4vpbnoxbaq7l9j02mi1y5phfe4vywe2chfejap4kt6bdf.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_dx1nJqfIX9_3hxvrcdxzimbckrp427g9ohzauxu6agp3bkzwiundrg1abymzyv4c0ttf9x1.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_c7DDJf10MS_n2cbbxycshxzd5cimgu48segpy9mymma6uowzx1ehg1nuw49nafkaq8nvxkj.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_65gDSzlwhJ_wzkyntnitdyyikzvktrw49sejfd8uzepsrdauhal1yrobdwvqkmwejpbijy1.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_BOVqSPboLk_095pyrdvhhwbfapojtjyov4duomqlnpbg4lhm1wov7vlghlpc5gameo6ai5w.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया