छात्रा करणी गर्ने शिक्षक थापासहित २ जनालाई १२ १२ बर्ष जेल सजायको फैसला

लमजुङ – आफ्नै छात्रालाई करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङकाे राइनास नगरपालिकाक- ९ का प्रकाश थापालाई लमजुङ जिल्ला अदालतले १२ वर्षकाे कैद सजाय हुने फैसला सुनाएकाे छ ।
तिनै बालिकालाई बलात्कार गरेकाे भनि परेकाे अर्काे मुद्दामा साेही ठाउँका अर्जुन विक्रम थापालाई पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेकाे छ । छुट्टाछुट्टै घटनामा फरक-फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएकाे छ ।
२०७७ माघमा भएकाे बलत्कारकाे घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाकाे वडा नंं ९ मा रहेकाे भैरब माविका शिक्षक प्रकाश थापालाई पहिलाेपटक पक्राउ गरेकाे थियाे । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकाेमा दबाबमा बालिकाले आराेप झुटाे रहेकाे बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।
उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । विद्यालयका अध्यक्ष नै शिक्षककाे विराेधमा उत्रेपछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर्नुपर्ने भन्दै विद्यालयकाे पठनपाठन नै अवरूद्ध गरेर आन्दाेलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आराेप प्रत्याराेपकाे अनाैठाे सिलसिला नै चलेकाे थियाे ।
पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएकाे ठहर गरी बाल अधिकारकर्मीहरूकाे सहयाेगमा मनाेविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदाै १ मा ती बालिकाले प्रकाश थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
साे क्रममा ती बालिकाले आफूलाई राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक-पटक बलात्कार गरेकाे भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाई पक्राउ गरेकाे थियाे । शिक्षक प्रकाश थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूकाे कासमु बुझाउन काठमाडाैं गएकाे बताइए पनि उनी लमजुङमै लुकेर बसेकामा किटानी जाहेरी परेकाे १४ दिनपछि पक्राउ परेका थिए ।
प्रहरीले पीडित बालिकाकाे किटानी जाहेरीका आधारमा दुवै आराेपी बिरूद्ध छुट्टाछुट्टै मुद्दा दायर गरेकाे थियाे । लमजुङ जिल्ला अदालतकाे फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_xaKZdyWGmx_n6vtqmzmh1lrwngfix6by6ymnonmz5dnyj3kzzhmcry4drczkh5kqviegxyz.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_uWUfdVe7ML_eudeee1nxaeqr0newwuym0blaiz7zw1s7tq8nkqzwg4vsbn0pww3stjyn1ci.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_6NzrHWjeXJ_ampxp7vp2a9m0ehubshay9argwi3j9irym5tvv6fpvyzcc1h5lwawnpk8ujg.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_Lbd66eD7Ho_ddok4pchyyxqoufvjkexdvcqrqfyzpvep1yaalzlft5moidisli0bsjl2ig2.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_mmLFoyvxu5_0oxzrgifum0czw2jikhoygzyfvogvhdndouyyvczeyvgh3wghei4bltzgf4w.jpg)
प्रतिक्रिया