युक्रेनी राष्ट्रपति ज़ेलेंस्की अमेरिकी संसदमा जाने

वासिगटन डिसी, ३१ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर ज़ेलेंस्कीबिच भेटवार्ता तय भएको छ ।
रुससँग युद्दरत युक्रेनलाइ सैन्य सहायता दिदै आएको अमेरिकाका राष्ट्रपतिले समकक्षी ज़ेलेंस्कीबिच हुने भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
आगामी बिहीबार हुने सो भेटवार्ताबारे अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइटहाउसले जानकारी दिदै युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाएको छ ।
ह्वाइट हाउसका अनुसार सो क्रममा युक्रेनका समकक्षी ज़ेलेंस्कीले आर्थिक सहायता प्राप्तिका लागि अमेरिकी संसद्को पनि भ्रमण गर्नेछन ।
बाइडेन प्रशासनले अमेरिकी संसद् कंग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्ने प्रस्ताबलाई अनुमोदन गर्नका लागि प्रस्ताव पेस गरिसकेको छ । जसअनुसार सो रकम मध्ये १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोगमा खर्च गर्ने भन्दै वाइडेन प्रशासनले संसदसँग अनुमति मागिरहेको बेला ज़ेलेंस्कीले अमेरिकी संसदको भ्रमण गर्न लागेका हुन ।
तर, वाइडेन प्रशासनले आर्थिक सहयता दिए पनि रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको भने तिब्र आलोचना गर्दै आएका छन, उनीहरुले अमेरिकी सहयोगको उनीहरुले उचित प्रयोग नगरेको भन्दै युक्रेनको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै आएका छन ।
सम्भवतः रिपब्लिकन पार्टीका यस असन्तुष्टीलाई सम्बोधन गर्नका लागि पनि युक्रेनी राष्ट्रपतिले भरमग्दुर प्रयास गर्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_1MidKvXXL3_wuzmvl9qc2wudsimpca9vkejkxdzciq3sv7bsjvdymufeme1nzw2s6ml8rxq.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_84EQWYWlXz_3ngmce34ggj0zfsrjfi3hctuqxvkhy673gcenpttz6lo9soctmjhdz9b6zd3.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_yNskpGNzBp_7gfruookvwl4uk3f21yiklwcdhkefnxjlwgqyueum1vbbqdpxnzonbcpzejh.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_T0ZDNLiVVi_ohqv5fmevl0uimahdjuqldlev0dh8rjrda8lxdzmnb4veml44wkfdc6sfc8a.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_GHGAVVPv7u_twg7af3adut6oof87ciaz1uvmlaa52axmcodffabcmlkrgu6ai2kl5sjzuee.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_FBoPinP7gO_7knkhqnc1fqozhbbpjdicanxxffnhfigpzscoyvasfexjgkqwz9z8ysw7urj.jpg)
प्रतिक्रिया