कोलेस्ट्रोलका लागि फाइदाजनक मेथी

मेथी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । खराब कोलेस्ट्रोल कम गर्नका लागि मेथीको सेवन फाइदाजनक हुन्छ । मेथीमा भिटामिन सी, भिटामिन बी–६, फाइबर, आइरनजस्ता शरीरलाई अत्यावश्यक पोषकतत्वहरु हुने गर्दछ ।
अंकुरित मेथी : कोलेस्ट्रोल कम गर्नका लागि अंकुरित मेथीको सेवन एकदमै फाइदाजनक हुन्छ । यसमा हुने पोषकतत्वले अतिरिक्त बोसो कम गर्नुका साथै नसामा जम्मा भएको खराब कोलेस्ट्रोल पनि नियन्त्रण गर्दछ ।
मेथीको चिया : मेथीको चिया पिउनु कोलेस्ट्रोल नियन्त्रणका लागि फाइदाजनक हुन्छ । यसले खराब कोलेस्ट्रोलको मात्रा कम गर्दछ । बिहान खाली पेट मेथीको चिया सेवन गर्न सकिन्छ ।
मेथीको पानी : मेथीको पानीले स्वास्थ्य सम्बन्धी कयौं समस्या समाधान गर्दछ । यसका लागि राती मेथीको दाना पानीमा भिजाउने र बिहान पिउने गर्नुपर्दछ ।
पानीमा उमालेर पिउने : खराब कोलेस्ट्रोल घटाउनका लागि मेथीको दाना पानीमा उमालेर पिउन सकिन्छ । साथसाथै पानीसँग चपाएर पनि मेथीको सेवन गर्न सकिन्छ ।
मेथी र मह : कोलेस्ट्रोलको समस्यामा मेथी र महको सेवन गर्न सकिन्छ । मेथीलाई भिजाएर त्यसमा मह मिसाएर खाँदा शरीरलाई फाइदा हुन्छ ।
सब्जीमा मिसाएर सेवन : कोलेस्ट्रोल घटाउनका लागि मेथीको दानालाई सब्जी, दाल इत्यादिमा मिसाएर खान सकिन्छ । (एजेन्सी)

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकाल…

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट…

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

प्रतिक्रिया