दुई अाईजीपी एकै साथ अमेरिका जाँदै

aryalकाठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई एक सेमिनारमा भाग लिन एकै साथ अमेरिका जाने भएका छन्  । सेमिनार अफ चिफ अफ पुलिसको सम्मेलनमा भाग लिन आईजीपीद्वय अर्याल र राईको टोली आईतवार अमेरिका प्रस्थान गर्न लागेको हो।

  अमेरिकामा हुने सेमिनारमा नेपाल प्रहरीका आईजीपी अर्यालले बिश्वब्यापी रुपमा बढ्दै गैरहेको साइबर क्राइम रोकथाम  तथा अपराध  नियण्त्रणमा प्रबिधीको उच्चतम प्रयोग बारे कार्यपत्र पेश गर्ने प्रहरी प्रधान कार्यालय श्रोतले बतायो ।

   दुई संगठनको एकतासँगै  अर्याल र राई एकै साथ अमेरिका जाने लागेपछि  सुरक्षा क्षेत्रमा सुधारका रुपमा लिइएको  छ । आईजीपीद्वय अर्याल र राईले  अमेरिकामा एक साता बिताउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित