श्रमिकहरुको आवाज बुलन्द पार्न मेरो उम्मेदवारी

ट्रेड यूनियन कांग्रेसको महाधिवेशन राजधानीमा जारी छ । मंगलबारबाट शुरु छैटौ महाधिवेशनले ४१ जनाको केन्द्रीय कार्यसमिति चयन गर्दैछ । समितिमा ८ जना खुल्ला सदस्य पद रहेकोमा मुकुककै विकट क्षेत्र मानिएको कर्णाली प्रदेशबाट राजेशकुमार बुढाले उम्मेदवारी दिनु भएको छ । २०६४ सालमा ट्रेड यूनियन कांग्रेसको प्रतिनिधि हुनु भएका बुढासँग २०४५ सालबाट भूमीगत रुपमा शिक्षक संघसँग आवद्ध भई २०५३ सालबाट भने नेपाल स्वास्थ्यकर्मी संघको साधरण सदस्य भएर काम गरेको अनुभव छ । २०५६ सालमा नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेत जिल्लाको अध्यक्ष हुनु भएका बुढाले भर्खरै सम्पन्न सातौ जिल्ला अधिवेशनबाट भने नेतृत्व हस्तान्तरण गर्नु भएको थियो । लामो समय स्वास्थकर्मीहरुको माझम रहेर काम गर्नुभएका बुढा हाल नेपाल निजामती कर्मचारी संघ सुर्खेतको जिल्ला अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ अहिले ट्रेड यूनियन कांग्रेसको केन्द्रीय सदस्य पदका लागि मैदानमा उत्रनु भएको छ । महाधिवेशस्थलमा भेटिनु भएका बुढासँग ट्रेड यूनियन कांग्रेसको चुनावी माहौलको बारेमा माइन्यूज नेपालका लागि कुमार भण्डारीले गरेको कुराकानी :
० ट्रेड यूनियन कांग्रेसको केन्द्रीय सदस्यका पदमा तपाईको उम्मेदवारी किन ?
– स्वास्थकर्मी साथीहरुको सुख दुःखमा साथ दिन र ट्रेड यूनियन कांग्रेसमा स्वाथ्यकर्मी संघको ढोका खोल्नका लागि मैले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको हुँ ।
० चुनावी माहौल कस्तो बनाउनु भएको छ त ?
– अहिलेसम्मको अवस्था हेर्दा चुनावी माहौल एकदमै राम्रो देखेको छु । लामो समय देखि यसै क्षेत्रमा रहेर साथी भाईको दुःख सुखमा साथ दिइरहेको हुनाले सबैको सहयोगको अपेक्षा गरेको छु । ट्रेड यूनियनमा स्वास्थ्यकर्मी संघको मात्रै ६० भन्दा बढि भोट रहेको हुँदा उहाँहरुको साथ र समर्थन पाउनेमा ढुक्क छु । अहिले पनि साथीहरुको आग्रह र सल्लाहमा नै उम्मेदवारी दिएको हुनाले उहाँहरुले मलाई साथ दिनुहुने नै छ ।
– ट्रेड यूनियन कांग्रेस भनेको विशाल संगठन हो । सडकमा काम गर्ने मजदुरदेखि करोडपतिसम्म यहाँ आवद्ध हुनुहुन्छ । यहाँ धेरै पेशासँग आवद्ध साथीहरु रहनु भएकाले श्रमिकहरुको हकहित, सुरक्षा र सम्वद्र्धनका लागि पहल गर्ने नै मेरो पहिलो एजेण्डा हो । श्रमिकहरुमाथि देखिदै आएका हेपाहा प्रवृत्तिको अन्त्य र श्रमिकहरुलाई राज्यले हेर्ने दृष्णिकोणमा परिवर्तन गराउन पनि मेरो पहल रहन्छ ।
एक गाँस खान र एक सरो लगाउन पनि समस्या पर्ने श्रमिकहरुको हक अधिकारका लागि मैले आवाज उठाउँदै आएको छु । एउटै काम गर्ने श्रमिहरुमाथि थिचोमिचो हुँदै आए र उचित पारिश्रमिक नदिइएको विषयलाई पनि मैले एजेण्डामा समेटेको छु । अर्को कुरा ट्रेड यूनियन कांग्रेससँग आवद्ध विभिन्न पेशागत संघ संगठनको आवज सडक देखि सदनसम्म पु¥याउन पनि मेरो प्रयास हुनेछ ।
० तर, नेपाली कांग्रेस नेतृत्वमाथि नै श्रमिकहरुलाई माथि जान नदिएको भन्ने आरोप लागेको छ नि त ?
– स्वर्गिय गिरिजाप्रसाद कोइरालाले जुन बेला जुट मिलका श्रमिकहरुको नेतृत्व लिएर आन्दोलन शुरु गर्नु भएको थियो, त्यतिबेला देखि नै नेपाली कांग्रेसले श्रमिकहरुको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ । अन्य राजनीतिक दलहरुले कांग्रेसभित्र भाँडभैलो मच्चाउनका लागि जे जस्ता अफवाह फैलाए पनि त्यसले कांग्रेसलाई कुनै असर गर्दैन । रिक्सा चलाउने मजदुर देखि चिया वगानमा काम गर्ने, व्यूटिपार्लरमा काम गर्ने, स्वास्थ्य क्षेत्रमा काम गर्ने तथा अन्य विभिन्न क्षेत्रका श्रमिकहरको आवाज बुलन्दा पार्ने पार्टी भनेकै नेपाली कांग्रेस हो । ट्रेड यूनियन कांग्रेसमा आवद्ध हुनुभएका नेताहरु संसद पनि बन्नु भएको छ । नेतृत्वले माथि जान नदिएको भन्ने आरोप सरासर गलत हो । श्रम गरेकै भरमा माननिय बनाउन त सम्भव पनि छैन नि त होइन ?
० अन्त्यमा, मतदाताहरुलाई के भन्नुहुन्छ ?
– एकदमै विकट र राज्यले उपेक्षा गरेको क्षेत्रको कर्णाली प्रदेशबाट मैले उम्मेदवारी दिएको छु । कर्णालीबाट मेरो बाहेक टे«ड यूनियन कांग्रेसमा कसैको पनि उम्मेदवारी छैन । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका सबै सदस्यहरुलाई कर्णाली प्रदेशको आवाज ट्रेड यूनियन कांग्रेसमा बुलन्द बनाउनका लागि, त्यहाँका समस्याहरु केन्द्रसम्म पु¥याउन र समस्याको समाधानका लागि पहल गर्ने वातावरण बनाउन मलाई भोट दिएर अत्याधिक बहुमतले जिताइदिनु हुन विनम्र अनुरोध गर्दछु ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o6LFOShIBJ_0pah2qnpbthxiya6v0alosedf9ivfhhs3ek5jceagg8k1l2tg6m5um2stl3j.jpg)
प्रतिक्रिया