विप्लव समूहको बम विस्फोटबारे सरकार गम्भिर छ : गृहमन्त्री थापा

badal

 धनगढी। गृहमन्त्री राम बहादुर थापा 'बादल'ले संघीय प्रहरी र प्रदेश प्रहरीको विषयमा संसदले आवश्यक निर्णय लिने बताएका छन् ।

 मुलुक संघीयताम गइसकेपछि प्रहरीलाई पनि त्यही ढाँचामा लैजानुपर्ने भएकाले प्रदेश प्रहरी र संघीय प्रहरीको विषय सदनमा रहेको मन्त्री थापाले बताए।

 मन्त्री थापाले त्यसपछि झन प्रदेशहरुमा शान्ति सुरक्षा सवल हुने पनि उल्लेख गरे ।

 निर्मला पन्तबारे सोधिएको प्रश्नमा धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान भैरहेको र कुनै दिन पत्ता लाग्ने वताए बताए। मन्त्री थापाले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउ अनुसन्धान केन्द्रित रहेको पनि वताए । विप्लव समूहले बम विस्फोट गराएको बारे मन्त्री थापाले यस विषयमा सरकार गम्भिर रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित