उड्न लागेको विमानको पंखामा मानिस नै चढेपछि (भिडियोसहित)

plane

  काठमाडौं । नाइजेरियाको लागोस सहरको विमानस्थलमा उड्नका लागि टेकअप गरिरहेको विमानको पंखामा एक व्यक्ति चढेपछि हंगामा मच्चियो । विमानको पंखामा मान्छे चढ्दै गरेको देखेपछि विमानमा रहेका सबै यात्रु अत्तालिएका थिए ।

नाइजेरियाको समाचार एजेन्सीले मुर्तला मुहम्मद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान टेकअपका लागि क्लियरेन्सको पर्खाइमा रहेका बेला एक व्यक्ति पंखमा चढ्दै गरेको देखिएको थियो ।

अजमान एयरको विमानतर्फ एक व्यक्ति आएको देखेपछि पाइलटले सुरुमा इन्जिनलाई कम गर्दै बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति उफ्रिएर विमानको पंखमा चढे र विमानको क्याबिनमा चढ्ने कोशिस गरेका थिए ।

चालकले तत्काल यसबारे सूचना दिएका थिए । विमानभित्र रहेका एक यात्रुले यसको भिडियो बनाएका छन् । जसमा एक व्यक्ति विमानको पंखामा हिँडिरहेको देखिएको छ ।

यात्रुले सुरक्षाका कारण चालक दलका सदस्यलाई ढोका खोल्न अनुरोध गरेका थिए । ती व्यक्तिलाई विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले पक्राउ गरेर सोधपुछ गरिरहेका छन् । एजेन्सी

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/CuR3-b_LQZM" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

प्रतिक्रिया

सम्बन्धित