गृहमन्त्रीविरुद्ध आइएनजीओहरुको मोर्चाबन्दी

ram bahadur thapa

 काठमाडौं । एक बर्षअघि गृह मन्त्रालयले गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ)का पदाधिकारीहरुको सम्पत्ति विवरण माग गरेपछि चलाइएको गृहमन्त्री रामवहादुर थापा ‘बादल’ बिरुद्धको अभियान अहिलेसम्म पनि जारी छ ।

 एनजीओ र आइएनजीओहरुको गतिविधि निगरानी नहुँदा विकृति बढेको भन्दै गृहमन्त्री थापाले नियमन गर्न खोज्दा झण्डै उनको पद नै धरापमा प-यो । निर्मला पन्त बलात्कार र हत्याको सम्वन्धमा गृहमन्त्री थापाले बोलेको कुरालाई बङ्ग्याएर राजनीतिकरण गर्न आइएनजीओ र एनजीओहरु सकृय भएर लागेको बिभिन्न घटनाले देखाएका छन् ।

 प्रहरी अनुसन्धानलाई प्रभावित पार्नेदेखि हत्याका संकास्पद अभियुक्तलाई अनुसन्धानको दायरामा ल्याउनै नदिनका लागि जनतामाझ भीड खडा गरी अन्तर्राष्ट्रिय समुदायसम्म नेपालकै बद्ननाम गराउन निर्मला प्रकरणलाई एउटा हतियार बनाइएको छ ।

 जुन बेला निर्मलाको बलात्कारपछि हत्या भयो, त्यो समयदेखि नै आईएनजीओ र एनजीओहरुले चलाएको डलर खेतीको अभियान अहिलेसम्म पनि रोकिएको छैन ।
निर्मलाको न्यायका लागि भन्दै शुरुमा नागरिक समाजदेखि महिला अधिकारकर्मीहरु सक्रिय भएर लागे । निर्मलाको न्यायका लागि सुरुमा हेलन श्रेष्ठ नेतृत्वको समितिले आन्दोलन नै सुरु गरेको थियो । विस्तारै आन्दोलन चर्कदै गएपछि अधिकारकर्मी शारदा चन्द पनि थपिइन ।

 काठमाडौंमा उनीहरुले पत्रकार सम्मेलन गर्नेदेखि माइतीघरमा प्रदर्शन गर्दा अधिकारकर्मीहरु माया नेगी, निर्मला भट्ट, लक्ष्मी मल्ललगायतको समूहले पनि सघाएका थिए । यो सँगै प्रहरीले गरेको अनुसन्धानलाई गलत भन्नेदेखि सरकारको बद्नाम गराई निर्मला प्रकरणलाई अन्तर्राष्ट्रियकरण गरिएको थियो । यो समूहले नै निर्मलाकी आमा दुर्गादेबीलाई समेत उचालेको थियो भने घटनाको प्रकृती र अनुसन्धानले दोषी देखाएका दिलिपसिंह बिष्टलाई निर्दोष देखाउन भीड खडा गर्नेदेखि आन्दोलनलाई उत्तेजित बनाउन उनीहरुनै लागिपरेका थिए ।

 यो भिडभाडलाई शुरुदेखि नै मलजल पु-याएका थिए पत्रकार खेम भण्डारीले । तर, अहिले आएर निर्मलाकी आमा दुर्गादेवीले शंकास्पद चरित्रका तथा अनुसन्धानले अभियुक्त देखाएका दिलिपसिंह विष्टमाथि नै शंका बढेको बताएपछि मानवअधिकारवादीहरु तिल्मिलाएका छन् । उनीहरुले आफूले भनेजस्तो नहुने देखेपछि निर्मलाको परिवार पैसामा विकेको जस्तो आरोप लगाउन थालिसकेका छन् । किनकी निर्मलाको नाममा करोडौं रकम विदेशी संस्थाहरुले नेपालका एनजीओहरुमा खर्च गरिरहेका छन् ।

 तर, गृहमन्त्री थापाले संसदमा बोलेको समग्र कुराहरुलाई नकेलाई केवल उनले ‘यस्ता खालका घटना हिजो पनि घटेका थिए, भोलि पनि घट्न सक्नेछन्’ भन्ने अभिव्यक्तिलाई मात्रै हाइलाइट गरेर उनको चर्को आलोचना गर्दै ‘यस्ता पनि गृहमन्त्री’ भन्नेसम्मका अभिव्यक्ति आएका छन् ।

 जुन कुरालाई आइएनजीओ र एनजीओहरुले नै उचालिरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको बारेमा गृहमन्त्रीले त्यसै दिन उक्त घटना दुःखद् रहेको, घटनाको सत्यतथ्य खोज्ने कार्य चलिरहेको र एकदिन अपराधीलाई कानुनको कठघरामा ल्याउने दृढता पनि व्यक्त गरेका थिए ।
विगतमा नमिता, सुमितादेखि थुप्रै बलात्कार र हत्याकाण्डहरुको बारेमा पढेका, सुनेका अनि अहिले बाउले छोरी वलात्कार गरको, श्रीमानले श्रीमतीको हत्या गरको, छोरीले कन्ट्रयाकट किलर प्रयोग गरेर आमाको हत्या गराएको जस्ता सामान्य रुपमा असम्भव मानिएका घटनाहरु भोगिरहनु परेको छ ।

 यस्ता घटनाको बारेमा रिपोर्टहरु सुनेर सुस्केरा हाल्दै त्यस्ता अपराधमा संलग्नलाई कडा कारवाही गर्न दैनिक आदेश गर्दै रहनु परेका गृहमन्त्रीको अभिव्यक्तिलाई फेरी किन बङ्गयाइएको छ त ? उनले त केवल यथार्थ बोलेका हुन, बलात्कार, हत्या वा यस्तै कुनै पनि अपराध हिजो पनि हुन्थ्यो, भोलि पनि हुनसक्लान ।

 बलात्कार र हत्या भनेको एक प्रकारको दुर्घटना पनि हो । जुन कुरा व्यक्तिको मानसिकतामा भर पर्छ । तसर्थ, सत्यतथ्यलाई तोडमोड गरेर कसैको हुर्मत लिने शैलीमा गृहमन्त्रीकोविरुद्ध एनजीओ र आइनजीओहरुद्धारा चलाइएको पछिल्ला अफवाहयुक्त प्रचारवाजीको कुनै अर्थ देखिदैन । (यूनाइटेड पोस्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित