खेलाडीको पिडा कसैले बुझेनन् : महर्जन

करातेका खेलाडी उत्कृष्ठ खेलाडी मुकुन्द महर्जन चर्चाको शिखरमा छन् । १३औँ साग गेमको बन्द प्रशिक्षणमा रहेका महर्जनले स्वर्ण पदकको अपेक्षा गरेका छन् । नेपाली सेनाको आर्मी अफिसर्स क्लवबाट खेल्दै आएका महर्जन पाँचौँ पटक उत्कृष्ट खेलाडी घोषित भइसकेका छन् । यो उपाधि उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय कराते खेलमा महजर्नले कमाएको मेडलका कारण पाएका हुन् ।
१२ वर्षको उमेरमा २०५२ सालदेखि सितोरियो कराते ललितपुर जिल्लाको प्रमुख डोजो लगनखेल डोजोमा महर्जनले प्रशिक्षण लिएका हुन् । उनले राष्ट्रिय खेलकुद परिषद्पूर्व कोषाध्यक्षतथा करातेका अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनबाट प्रशिक्षण लिएका थिए ।
ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको वडा नम्बर ८ माबुबा पूर्णबहदुर महर्जन र आमा किसमाया महर्जनको कोखबाट जन्मिएका महर्जनलाई विभागीय टिमले धेरै माया गरेको छ । घरमा उनी जेठा छारा हुन् । हाल उनी नेपालमा हुन लागेको १३औँ साग गेमका लागि बन्द प्रशिक्षणमा छन् ।
महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० भन्दा बढी स्वर्ण पदक ल्याइसकेका छन् । महर्जनले राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको पाँचौँ, छैटौँ र सातौँ बृहत राष्ट्रिय कराते प्रतियोगितामा लगातार ३ स्वर्ण पदकल्याई ह्याट्रिक गरेका थिए ।
महर्जनले नेपालमा भएको राष्ट्रिय कराते प्रतियोगितामा २० भन्दा बढी स्वर्ण पदक हासिल गरिसकेका छन् । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि करीव २ दर्जनभन्दा बढी स्वर्ण पदक हासिल गरिसकेका महर्जनले फिनल्यान्डमा भएको ‘भी’सितोकाई ओपन कराते च्याम्पियनशिपमा स्वर्ण पदक ल्याएका थिए ।
उनले जर्मनीमा भएको बर्लिन ओपन कराते च्याम्पियनशिपमा पनि स्वर्ण पदक ल्याएका थिए । सिङ्गापुरमा भएका सिङ्गापुर ओपन कराते च्याम्पियनशिपमा पनि उनले स्वर्ण पदक ल्याएका थिए । महर्जनले हङकङमा भएको एशियन च्याम्पियन शिपमा रजत पदक ल्याएका थिए । लण्डनमा भएको इङगल्याण्ड ओपन कराते च्याम्पियनशिपमा पनि उनले स्वर्ण पदक ल्याएका थिए ।
अष्ट्रियामा भएको प्रिमियर लिग कराते च्याम्पियनशिपमा कास्य पदक ल्याएका महर्जनले रसियामा भएको १३औं अन्तर्राट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक ल्याएका थिए । त्यसैगरी महर्जन बंगलादेशमा भएको ‘फजिलमुर्जिप तुनिसा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’मा २ वटा स्वर्ण पदकल्याई उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।
उनी जापानमा भएको सातौँ विश्वसितोरियो कराते च्याम्पियनशिपमा क्वाटर फाइनलमा पराजित भएका थिए । सन् २०१४ मा कोरियामा भएको १७औं एशियाली गेममा प्रि क्वाटर र क्वाटर फाईनलमा विजय भई कास्यपदकको लागि भएको सेमिफाइनलको प्रतिस्पर्धामा जापानका खेलाडीसँग १ अंकले पराजित हुँदा पदकबाट बञ्चित हुनु परेको थियो ।
महर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी ५ पटक सर्वोकृष्ट खेलाडी घोषित भई सकेका छन् । महर्जनले भने, ‘मेरो प्रेरणाको स्रोत भनेकै मेरा आदरणीय गुरु मीनकृष्ण महर्जन हो ।’
महर्जनले ८ वर्ष सशस्त्र प्रहरीको टीमबाट र हाल नेपाली सेनाको टिमबाट विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आइरहेका छन् । कराते खेलसम्बन्धमा महर्जनले नेपालमा हुन लागेका १३औँ साग गेमका विषयमा आउने गरेका नकारात्मक समाचारबाट आफूलाई चित्त दुख्ने गरेको बताए ।
‘समाचार पढ्दा मन चिसो भएर आउँछ’, उनले भने, ‘हामी बन्द प्रशिक्षणमा छौँ । समाचार पढ्दा १३औँ साग हुन्छ वा हुँदैन भन्नेमा अन्यौल छ । ती समाचार पढ्दा दिक्क लाग्छ ।’ समाचारहरू जे जस्ता आएपनि आफूहरूले इमान्दारिताका साथ मेडल जित्ने गरेर तयारी गरिरहेको उनले बताए ।
१३औँ साग गेम खेलाडीहरूको लागि खेलकुदको कुम्भ मेला भएको महर्जन बताउँछन् । नेपाल सरकारले ३ करोड नेपाली जनतालाई निराशपार्ने काम गर्न नहुने उनी बताउँछन् ।
‘यहि कराते भनेर अहिलेसम्म कुनै कतै जागि समेत खाइएको छैन’, उनले भने, ‘हामीले यही करातेमा २४–२५ वर्ष बिताइसकेका छौँ । अनि नेपालमै हुन लागेको साग गेम खेल्न पाइएन भने ठूलो घाउ लाग्नेछ ।’
‘त्यसैले हामी तमाम खेलाडीहरूलाई निरास पर्ने काम ओलम्पिक कमिटी र खेलकुद परिषदले गर्नु हुँदैन । ती संस्थाहरूसँग हाम्रो ठूलो आस्था जोडिएको छ’, महर्जनले भने, ‘यो मेरो मात्र होइन सबै खेलाडीहरूको सुझाव हो ।
हामी कराते खेलाडीहरू बिगतको आठौँ साफगेमको इतिहास फेरि दोहो¥याउन चाहन्छौँ ।’ उनल त्यसको लागि वर्तमान कराते महासंघको नेतृत्वको काम नरहेको बताए । पहिले कै इतिहास कायम गर्ने हो भने भिजन र मिशन भएको नयाँ नेतृत्व महासंघमा आवश्यक भै सकेको महर्जनले बताए ।
उनले भने, ‘मैले देशको लागि धेरै गेम खेले । गेम खेल्ने सिलसिलामा धेरै चोट पटक पनि लाग्यो । ५० भन्दा धेरै स्वर्ण पदक ल्याएको छु । राज्यले मलाई एउटा रोजगारी दिएन ।’ उनले सशस्त्र प्रहरीमा कन्ट्राक्टमा महिनाको ५ हजार पारिश्रमिक लिएर गेम खेले बताउँदै थुप्रै स्वर्ण पदक ल्याएको बताए ।
अहिले नेपाली सेनाबाट महिनाको पारिश्रमिक ५ हजारमा गेम खेल्दै आएको उनले बताए । त्यो पैसाले आफूलाई एक महिना खाजा खान समेत नपुग्ने गरेको बताए । ‘यसरी खेलाडीले कसरी आफ्नो जीविका पाल्न सक्छ ?’, करातेका कीर्तिमानी खेलाडी महर्जनले भने, ‘त्यसैले यो मेरो अन्तिम खेल हो । त्यसपछि म सन्यास लिन्छु । आफ्नो पहिचान गराउँन चाहन्छु ।’

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o6LFOShIBJ_0pah2qnpbthxiya6v0alosedf9ivfhhs3ek5jceagg8k1l2tg6m5um2stl3j.jpg)
प्रतिक्रिया