यौन हिंसा अभियोगमा पूर्व सांसद पक्राउ

yogendra ghising

  ललितपुर । एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । ललितपुर प्रहरीले घिसिङलाई आज पक्राउ गरेको हो ।
यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन। प्रहरीमा उनले खबर गरेपछि घिसिङलाई प्रहरीले पक्राउ गरेको हो।

भैसेपाटी–रत्नपार्क चल्ने सार्वजनिक बसमा एक युवतीमाथि यौन हिंसा गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

घिसिङ २०७० सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फवाट समानुपातिक तर्फ सभासद बनेका थिए । संबिधान निर्माणलगत्तै उनले पार्टी छोडेको घोषणा गरेका थिए ।

घिसिङले सार्वजनिक सवारीमा महिलामाथि यौन हिंसा गरेको किटानी जाहेरी परेपछि पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित