सांसद बस्नेतसहित झण्डै दुइ सय जनाले एकै पटक जलसयर गर्दै भ्रमण वर्षको स्वागत

mahesh basnet

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतलगायत झण्डै २ सय जनाले सुनकोसीमा जलसयर गर्दै भ्रमणबर्ष २०२० को भव्य स्वागत गरेका छन् ।

भ्रमणबर्ष २०२० को लोगो अंकित टीशर्टमाथि लाईफ ज्याकेट लगाएर पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेत जलसयरका लागि सुनकोसीमा उत्रदा उनको पछाडि झण्डै २ सय जनाले जलसयरमा सहभागिता जनाएका थिए ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरी पर्यटन प्रवद्र्धनका लागि आज सुनकोसीमा जलसयर गरिएको सांसद बस्नेतले बताए ।

भ्रमणबर्ष सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउँदै सांसद बस्नेतले भने–‘भ्रमण बर्षलाई सफल बनाउन सबैजना आफ्नो ठाउँबाट जुट्नुपर्दछ, जलयात्राका लागि बढि भन्दा बढि पर्यटक भित्र्याउन लागौं ।

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले सुनकोसीमा जलयात्राका लागि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नै बिशिष्ट ब्यक्ति, जनप्रतिनीधि र स्थानीयलाई जलयात्रा गराएर भ्रमण बर्षको स्वागत गरिएको बताए ।

एकै पटक झण्डै दुई सय जनालाई जलयात्रा गराउनका लागि गाउँपालिकाले स्थानीय क्लब तथा संस्थाको सहयोग लिएको पनि अध्यक्ष क्षत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित