जनता सत्तापक्ष र प्रतिपक्ष दुबैसँग सन्तुष्ट छैनन्

नेपाली कांग्रेसले उपनिर्वाचनमा आंशिक उपलब्धि हासिल गरेको छ । प्रदेश, उपमहानगर र वडाहरूमा थोरै भएपनि सिट संख्या बढाएको छ । प्रतिशतमा मत संख्या पनि बढाएको छ । तर, वृद्धि भएको सिट संख्याबाट नेपाली कांग्रेस सन्तुष्ट छैन । दुईतिहाइको सरकार अलोकप्रिय भइरहेका बेलामा पनि कांग्रेसले सोचे अनुसारको सिट जित्न नसकेको भनेर कार्यकर्ताहरूले नेतृत्वको आलोचना गरेका छन् । सञ्जयकुमार गौतम बर्दिया जिल्लाका कांग्रेस सभापति पनि हुन् । उनले प्रतिनिधिसभा निर्वाचनमा नेकपाका प्रभावशाली नेता वामदेव गौतमलाई पराजित गरेका थिए । यसैसन्दर्भमा नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद गौतमसँग mynewsnepal.com का लागि गरिएकाे कुराकानीको सम्पादित अंश :
सञ्जय गौतम, सांसद एवम् सभापति – बर्दिया नेपाली कांग्रेस
० नेपाली कांग्रेसले उपनिर्वाचनबाट के पायो ?
– उपनिर्वाचनले के देखाउँछ भने जनमत हामीसँग हिजो थियो । त्यसमा हामीले उल्लेखनीय सुधार गर्न सकेनौँ । हामीलाई जुन विश्वास थियो कि यो दुईतिहाइको सरकारले यो साढे दुई वर्षमा जनमत गुमाएको छ भन्ने खालको जुनखालको एउटा मनोविज्ञान थियो । त्यो पनि खासै देखिएन । संगठनात्मक दृष्टीकोणले हाम्रो स्थिति पनि त्यति सुदृढ देखिएन । र, जस्तो किसिमले अवसर पाएको थियो यो दुईतिहाइको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले उसले राम्रो त गरेकै छैन । नराम्रो मात्रै गरेको छ ।
तर, पनि एउटा संगठनभित्रको आफ्नो नियन्त्रणलाई कायम राखेको जस्तो भान भएको छ । अहिलेको जनमतले त्यही भन्छ । अहिलेको जुन परिणाम दियो त्यसले हामीलाई पनि उत्साहित हुने वातावरण बनेको देख्दिन । हामी धेरै उत्साहित हुनुपर्ने छैन । यो परिणामको समीक्षा गर्नुपर्छ ।
हामी जिम्मेवारीमा रहेका पार्टीका नेताहरूले समीक्षा गर्नुपर्छ । सबैले यसको निर्मतापूर्वक समीक्षा गरेर आगामी दिनमा नेपाली जनताले के चाहेका छन् ? हामीबाट भन्ने कुराको निष्कर्ष निकाल्नुपर्छ । कम्युनिस्ट पार्टीको दुईतिहाइको बहुमतको सरकार केन्द्रमा पनि छ । प्रदेशहरूमा पनि बर्चश्व छ । स्थानीय तहरूमा पनि उनीहरूकै बर्चश्व छ । उनीहरूको जुनकिसिमको प्रफरमेन्स भ्रष्टाचार चरम उत्कर्षमा छ । यति ठूलो भ्रष्टाचार छ कि जसको कल्पना पनि गर्न सकिदैन ।
यस्तो नैतिक पतन खालको राजनीतिक नेतृत्वको राजनीतिक चरित्रमा ह्रास आएको छ । यो बेलामा पनि जनताले दिने अभिमत उनको पक्षमा केही हदसम्म देखिएको छ । त्यो सोचनीय पक्ष हो । यहाँको मनोविज्ञानका विषयमा विश्लेषण गर्नुपर्छ ।
० उपनिर्वाचनमा नेपाली कांग्रेसले सिटहरू गुमायो कि गुमाएन ?
– गुमाउनु र पाउनुभन्दा पनि हाम्रो जुन परिणाम आयो त्यसले के देखाउँछ भने हामीलाई त्यति उत्साहित पार्न सकेन । हामी उत्साहित हुनुपर्ने म चाहिँ देख्दिन । योभन्दा हाम्रो परिणाम राम्रो आउन सक्नु पथ्र्यो । नेपाली जनताका बीचमा हाम्रो नेतृत्व, जुन हामीसँग छ, जुन संगठन हामीसँग छ । त्यो संगठनमा अझै पनि नेपाली जनता विश्वस्त भैसकेको छैन ।
० नेपाली कांग्रेसले कास्की २ लाई प्रतिष्ठाको रुपमा लिएको थियो । पार्टीले पनि उत्तिकै महत्व दिएको थियो । तर, त्यहाँ सोचे जस्तो भएन । नेपाली कांग्रेसले जित्न त सकेन नै मतअन्तर पनि घटाउन सकेन किन होला ?
– हाम्रो माइक्रोम्यानेजमेन्ट नै कमजोर थियो । कास्कीमा पनि दाङमा पनि । जहाँ माइक्रोम्यानेजमेन्ट थियो त्यहाँ हाम्रो पक्षमा परिणाम ल्याएर आयौँ । जहाँ हामी सतही ढंगले लाग्यौँ, प्रचारमुखी मात्र भयौँ त्यहाँ हाम्रो संगठन र हामी गहिराइमा पुग्न सकेनौँ । त्यहाँको परिणामले हामीलाई निरास पा¥यो ।
० नेपाली कांग्रेसले केन्द्रबाट खटाएका केन्द्रीय प्रतिनिधिहरूले कमाण्डिङ गर्न सक्नु भएन ? त्यही भन्न खोज्नु भएको हो ?
– कमाण्डिङभन्दा पनि नेपाली कांग्रेस आजको जुन परिस्थिति र परिवेशमा छ, हामीले हाम्रो संगठनका विषयमा अझ गहिरो र गम्भीर भएर सोच्नु पर्ने आवश्यता छ । उहाँहरूले प्रयास गर्नुभयो । तर, उहाँहरूको प्रयासको मुताविक कार्यकर्ताहरूले तल्लोस्तरमा गएर काम गरेकी गरेनन् भन्ने कुरा चाहिँ विचार पुर्याउनुपर्ने देखिन्छ । नेताहरूले पनि यो कुरा सोच्नु पर्ने हो ।
जसरी हाम्रो संगठन तलसम्म गएर जनताका बीचमा हाम्रा सन्देशहरू पु¥याउनुपर्ने थियो, हाम्रा कुराहरू राख्नुपर्ने थियो त्यहाँसम्म हामी पुग्न नसकेको प्रष्ट देखियो ।
० उपनिर्वाचनबाट आएको परिणामले नेपाली कांग्रेसलाई सुध्रिने मौका दिएको हो ?
– मैले अघि पनि भने म उपनिर्वाचनबाट व्यक्तिगत रुपमा उत्साहित छैन । नेपाली कांग्रेसको सांसदको र एउटा जिल्लाको सभापतिका नाताले म पनि दाङको चुनावमा केन्द्रित थिएँ । नेपालगञ्जको चुनावमा केन्द्रित थिएँ । त्यहाँ पनि परिणामहरू त्यति सुःखद् रहेनन् । हाम्रो परिणाम हाम्रा लागि किन सुःखद् छैनन् भने धेरै ठूलो उन्माद पाल्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आवश्यकता छैन । त्यहाँ पनि नेपाली जनताले आफ्नो ‘डिसएग्रिमेन्ट सो’ गरेका छन् ।
टेक्निकली कुन ठाउँमा एक दुई सिट बढ्यो र एक दुई सिट घट्यो भन्ने कुरा र कति प्रतिशत मत बढ्यो र घट्यो भन्ने कुरा त्यो गणितीय आँकलन होला । तर, जनताको म्याण्डेट हेर्दा के देखिन्छ भने अहिलेको परिस्थितिमा सत्ताधारी दलसँग पनि सन्तुष्ट छैनन् नेपाली जनता । हामीसँग पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । तर, उनीहरूसँग बिकल्प पनि छैन ।
० उपनिर्वाचनमा नेपाली कांग्रेसको गुट र उपगुटको प्रभाव रह्यो कि रहेन ?
– गुट र उपगुटको प्रभाव उपनिर्वाचनमा कम रह्यो । त्यो देखिएन । हामीले त्यो अनुभूति गरेनौँ । त्यो चाहिँ नेपाली कांग्रेसका लागि राम्रो पक्ष हो ।
० कास्की र दाङमा कांग्रेसले जित्न सकेन तर, भक्तपुर र धरानमा त कांग्रेसले जित्यो नि ?
– जुन ठाउँमा हामीले सुक्ष्म रुपको व्यवस्थापन गर्न सक्यौं र, हाम्रो कार्यकार्ता साथीहरूलाई तलसम्म परिचालन गर्न सक्यौं त्यो ठाउँमा हाम्रो पक्षमा परिणाम राम्रो आयो । जनता अहिले पनि हाम्रो पक्षमा छ । जनता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा छैन । आमजनता हाम्रोबीचमा छ ।
आमकार्यकर्ता पनि हाम्रो गाउँघरमा तलसम्म छ । तर, हामीले कार्यकर्ताहरूलाई जुन रुपले परिचालन गर्नुपर्ने थियो । त्यो रुपले परिचालन गर्न सकेनौँ । हाम्रो कुरालाई जनताको बीचमा पु¥याउनु पनि सकेनौँ । हामीले जनतालाई कन्भिन्स पनि गर्न सकेनौँ । अब यसमा कसैलाई दोष लगाउनुभन्दा पनि नेपाली कांग्रेस आफू पनि सच्चिने हो यो परिणामबाट । दुई वर्षपछि आउने चुनावका लागि हामीले आजैदेखि यो विषयमा समीक्षा गर्नुपर्छ ।
० कांग्रेसले उपनिर्वाचनको समीक्षा गर्ने कि ? संगठन बनाउने कि ? गाउँ–गाउँमा कार्यकर्ता परिचालन गर्ने ?
– अहिले हाम्रो संगठन छैन । नेविसंघ छैन । तरुण दल छैन । महिला संघ छैन । अरु भ्रातृ संस्थाहरूको अवस्था झन दयनिय छ । पार्टीको तल्लो निकायहरू समायोजन भएको छ । तर, वडादेखि लिएर क्षेत्रसम्म कतै पनि बैठकहरू बसिरहेको छैनन् । हामीले बाहिर जति ठूलो कुरा गरेपनि संगठनको दृष्टीकोणले हामी कमजोर छौँ । आम जनता हामीप्रति आशावादी छन् । तर, हाम्रो संगठन मजबुत छैन । त्यसैले कांग्रेसले अब यी सबै काम गर्नुपर्छ ।
० उपनिर्वाचनलाई लिएर नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा सफल कि असफल ?
– यसरी त नभनौं । व्यक्तिगत कुरा गर्नु हुँदैन । अधिवेशनमा नेतृत्वको चयन हुनुभनेको विचारको चयन हुने हो । एउटा अधिवेशनले एकजनालाई सभापति बनाइ सकेपछि त्यो कार्यकाल उसलाई काम गर्न दिनुपर्छ । समीक्षा त अधिवेशनमा गर्ने हो । अहिले मैले अधिवेशनको मुखमा सभापतिको सफलता र असफलताभन्दा पनि यो हामी सबै नेपाली कांग्रेसको असफलता हो । यसलाई हामीले कुनै पनि ढंगबाट अनुकूलताले ब्याख्या गर्ने कुरा अर्कै हो । म शुरुदेखि नै एउटा पक्षमा लाग्ने मान्छे ।
म यो अनावश्यक आत्मरतिमा रमाउन हुँदैन । ग्राउण्ड लेबलको एनलाइसिस गरेर हिँड्नुपर्छ । भविष्य निर्धारण संगठनले नै गर्ने हो । संगठनमा ध्यान दिनुपर्छ भन्ने खालको मान्छे परेँ म चाहिं । संगठनमा मेरो विशेष चासो छ । यसमा हामी सबै जिम्मेवार छौँ । यो परिणामका लागि एउटा व्यक्ति विशेषलाई दोष दिएर उम्किन पाइँदैन । मपनि दोषी छु ।
० उपनिर्वाचन कांग्रेसका लागि फलदायी ठान्नुभयो ?
– फलदायी र नफलदायी भन्दा पनि हाम्रो यो भन्दा राम्रो परिणाम आउनु पथ्र्यो । हामीले ल्याएर आउन सक्नुपर्ने थियो । जनता हाम्रो पक्षमा थिए । हाम्रो संगठनको कमजोरीका कारणले गर्दा खेरी हामी त्यो ठाउँमा पुग्न सकेनौँ । त्यो चाहिँ दुर्भाग्य हो ।
० नेपाली कांग्रेसको महाधिवेशन कहिले हुन्छ ?
– महाधिवेशन समयमै गरिदिए राम्रो हुन्थ्यो । पार्टीले संगठन खोजेको छ । संगठनको अधिवेशन भइदिए चलायमान हुने थियो पार्टी । पार्टीको समयमा अधिवेशन भइदिए हुन्थ्यो भन्नेमै छु म । तर, एक वर्ष सबै कुराले लम्बिने नै भयो । त्यो देखिन्छ । त्योपनि समयमा आफ्नो गति र कोर्ष पूरा गरिदिए हुने थियो ।
० प्रदेश कार्यसमितिहरू मनोनीत गरेर ल्याउने कि अधिवेशन गरेर ल्याउने ?
– अब त्यसको अर्थ र औचित्य छैन । किन भने सबै तहका निर्वाचनहरू सम्पन्न भइसकेका छन् । अब कार्यसमितिहरू बनाएर भन्दा पनि अब निर्वाचनबाटै ल्याएर आउँदा राम्रो देख्छु म चाहिँ । कार्यसमिति बनाएर तेरो र मेरो गरेर । यता तान्ने, उता तान्ने गरेर फेरि कार्यकर्ताका बीचमा एकखालको विवाद आउन सक्छ ।
० संसदको अधिवेशनबारे नेपाली कांग्रेसको धारणा के हो ?
– अधिवेशन बोलाउन यो सरकार किन ढिलो गरिरहेको छ ? यो सरकार आफै सभामुखको विषयमा नेकपाभित्रको समझदारी नबन्नाका कारण यो परिणाम आएको जस्तो लाग्छ । मलाई त के लागेको थियो भने चाँढै नै संसद बोलाएर त्यतिकै पेण्डिङमा बसिरहेका कामहरु छिटो गर्नुपथ्र्यो ।
सभामुख र उपसभामुखको चयनको प्रक्रियाहरूलाई टुंग्याउनुपर्ने थियो । उपसभामुख उहाँहरूको अहिले पनि हुनुहुन्छ । सभामुख त बास्तवमा नेपाली कांग्रेस वा अन्य पार्टीहरूलाई दिनुपर्ने हो । त्यो नभएर उहाँहरू अरु कुनै रणनीतिमा जाने हो वा उपसभामुखलाई राजीनामा गराउने र सभामुखमा आफ्नो उम्मेदवार बनाउने हो भने अर्को वातावरण निर्माण गर्नुपर्यो । उहाँहरूका बीचमा यो समाझदारी बनेको छैन । त्यसैले गर्दा सरकारले नै संसदको अधिवेशनलाई नै रोकेर राखेको देखिन्छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o6LFOShIBJ_0pah2qnpbthxiya6v0alosedf9ivfhhs3ek5jceagg8k1l2tg6m5um2stl3j.jpg)
प्रतिक्रिया