मेयरसा’बले मसँग कहिल्यै साल्लाह नै गर्नुहुन्न

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका तत्कालीन एमालेका नेता एवम् मेयर विद्यासुन्दर शाक्य विवादमा आइरहन्छन् । उनले काठमाडौं महानगरपालिकाबासीलाई ठूला सपना बाँडेर मेयरमा विजयी भएका थिए । तर, शाक्यले काम पूरा गर्नेतर्फ खासै ध्यान नदिएको भन्दै काठमाडौंबासी उनीसँग सन्तुष्ट छैनन् । मेयर शाक्य र नेपाली कांग्रेसबाट विजयी भएकी उपमेयर हरिप्रभा खड्गीबीच पनि राम्रो तालमेल भएको देखिदैन । यीनै विविध विषयमा mynewsnepal.comका लागि उपमेयर खड्गीसँग गरिएकाे कुराकानी :
० मेयर विद्यासुन्दर शाक्यले अकुपाइ टुँडीखेलको काम छैन भन्नुभएको छ । तपाई टुँडीखेल बचाउन लाग्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
– त्यो कुरा आ–आफ्नो विषय हुन्छ । मेयरको आफ्नो व्यक्तिगत भनाइ हो । टुँडीखेल तीन करोड जनताको नासो हो । मेयर साबले आफ्नो तरिकाले भन्नुभयो होला । तर, मचाहिं जनताको नासोलाई जनतालाई नै दिनुपर्छ भन्ने पक्षमा छु । वीर अस्पताल र दरबार स्कुलका सामानले टुडीखेल भरिएको छ । ती सामानलाई हटाउन तुरुन्त निर्देशन दिन सकिन्छ ।
दरबार हाईस्कुल पूरा भईसकेको छ । वीर अस्पताल पनि पूरा हुने तयारीमा छ । वीर अस्पतालको ढलानको काम सबै सक्किएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । २०७२ सालको जस्तै भूकम्प आयो भने त्यस क्षेत्रका जनता ज्यान बचाउन कहाँ जाने ? खाली ठाउँ त्यही एउटा टुँडीखेल मात्रै छ । त्यसको सुरक्षा गर्नुपर्छ । हामी सबैको दायित्व हो ।
० मेयर साबले टुँडीखेल बचाउन लागेका अभियन्ताहरूलाई किन अकुपाइ टुँडीखेलको अभियान आवश्यक छैन भनेर भन्नुभयो होला ?
– यो उहाँको भनाइ हो । मैले त्यो कुरा अझै बुझ्न सकेको छैन ।
० मेयर र उपमेयरको कुरा अहिले पनि नमिलेको हो कि ?
– त्यस्तो होइन, मिल्छ । मिल्ने भनेर मेयरले मसँग सरसल्लाह गर्नु हुन्छ भन्ने होइन । म आफ्नै तरिकाले जनताको सेवा गर्न हिँडिरहेको छु । म अफिसमा दशदेखि पाँच बजेसम्म बसेर जनताको काम गर्छु । टुँडीले बचाउनु पर्छ भन्ने विषयमा धेरै जनता म समक्ष सजिलै सम्पर्कमा आउनु हुन्छ । म सोहीअनुसार अगाडि बढेको छु । टुँडीखेलको रक्षा गर्छु । जनता मसँग नै बढी सम्पर्कमा आउने भएका कारणले मेयरलाई चित्त नबुझेको हुन सक्छ ।
० मेयरले तपाईको अधिकार कटौती गरेर आफैले काम गर्दै आएको भन्ने कुरा आएका छन् नि ?
– अँ ! एक दुई वटा मुद्धाहरू चाहिँ बाहिर आएका छन् । अदालतबाट धेरै मुद्धाहरू फर्किएका छन् । न्यायिक अधिकार समितिको क्षेत्रभित्र परेको चिज चाहिँ किन मेयरले फैसला गरेको भनेर म कहाँ कुरा आईपुगेको छ । मलाई पनि अचम्म लागेको छ । संविधानले नै तोकेर लेखेको छ, उमेयर न्यायिक समितिको संयोजक हो ।
उपमेयरलाई यो–यो अधिकार छ भनेर लेखेको छ । संविधानले दिएको अधिकार कटौती गर्दा मेयरलाई नै घाटा पर्छ । न्यायिक समितिको अधिकारभित्र परेको विषयलाई उपमेयरलाई नै हेर्न पठाउनुपर्ने चिजलाई मेयर आफैले हेरेर निर्णय गरियो भने मेयरलाई नै घाटा पर्ने हो नि ।
० अधिकार कटौती गरिएको विषयमा मेयरसँग कुरा गर्नुभएको छैन ?
– मेयरलाई भेट्न पाएको छैन । बसेर कुरा गर्न पाएको छैन । बाहिर कार्यक्रममा भेट हुन्छ । औपचारिक रुपमा कुरा भएको छैन । यस्ता कुरालाई बसेर समाधान गर्न कसरी सकिन्छ भनेर परामर्श गर्नुपर्छ । मेयरसाबले कि यस्तो कुरामा हस्तक्षेप गरेको हो ? त्यो त उहाँ आफैले सोच्ने हो । मेयर काठमाडौं महानगरपालिकाको मात्र नभई जनताको पनि अभिभावक हो । उहाँले त्यो कुरा आफैले राखेर किन निर्णय गर्नुभयो मैले पनि बुझ्न पाएको छैन । टुँडीखेल, हस्तक्षेपको विषयमा मेयरसँग कुरा गर्न पाएको छैन ।
मैले टुँडीखेलको समस्याको बोधार्थ मेयरलाई दिएको थिएँ । म आफू नै अबलोकन रिकन संयोजकको नाताले टुँडीखेलको अपकुपाइको विषयमा जनताले ज्ञापनपत्र बुझाउन आएपछि नजाने भनेर गाह्रो होइन । आफूले प्रत्यक्ष बेदना भोगेपछि मात्र त्यहाँको समस्याको बारेमा थाहा हुन्छ । त्यसैले टुँडीखेललाई जस्ताको त्यस्तै राख्नुपर्छ ।
० रत्नपार्कको पुरानो बस पार्कका भ्युटावर बनाउने कुरामा तपाईको फरक मत हो ?
– भ्युटावर पुरानो बसपार्कमा बन्नु हुँदैन भनेर मैले नै भनेको छु । पुरानो बसपार्कमा भ्युटावर बनाउनुपर्छ भनेर माथिबाट आदेश आएको कुरा हुने गरेको छ । बागबजार मेरो कर्मथलो पनि हो । र पनि समयमा भ्युटावर बनाएको भए सबैलाई राम्रो हुने थियो ।
त्यहाँ काम गरेको देखाइएको छ । समयमै भ्युटावर बन्न नसक्दा काठमाडौं कुरुप बनिसकेको छ । कि बनाउनु प¥यो कि छाड्नु प¥यो । ठेकेदारले काम पूरा गर्ने कार्य गर्नुभएको छैन । यो काम गर्न लागेको वर्षौं भइसक्यो । अब हामी सबै बसेर एउटा निर्णय लिनुपर्छ । जनप्रतिनिधिहरू बसेर एउटा टुँगोमा पु¥याउनुपर्छ ।
० काठमाडौं महानगरपालिकाभित्र र वडाहरूमा भ्रष्टाचार बढेको कुरा आएको छ । राष्ट्रिय सभा गृहको आम्दानीको स्रोत पनि लुकाइएको छ । यसरी भ्रष्टाचार हुँदा पनि तपाईहरू किन बोल्नु हुन्न ?
– महानगरपालिका भित्र भ्रष्टाचार भएको छैन । शुरुदेखि नै म भ्रष्टाचार रोक्ने प्रयास गरिहेको छु । तर, मेरो एक्लो प्रयासले मात्रै हुँदैन । पशुपति क्षेत्र विकास कोषमा पुजारी राख्ने विषयमा हस्तक्षेप भएको छ । एक्लैको प्रयासले राज्यको ढुकुटीलाई जोगाउन सफल भएको छु ।
० मेयरसँगको तपाईको समस्या के हो ?
– उहाँको सबैभन्दा ठूलो कमजोरी भनेको मसँग कुनै पनि सरसल्लाह नै गर्नुहुन्न । मेयरले निर्णय गरेको धेरै पछाडि मात्रै मलाई जानकारी हुन्छ ।
० मेयरका गतिविधिमाथि प्रश्न उठाउनु भएको छैन ?
– मेयरको ज्यादतीको कुरा बोर्ड बैठकमा उत्रार्ने हो । अफिसमा बसेर मेयरविरुद्ध एक्लै कराएर केही हुनेवाला छैन । पार्टीलाई मैले भन्नुपर्ने कुरा भनेको छु । उहाँहरूसँग काम गर्न सजलो छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यस विषयमा कुराकानी भएको छ ।
० सभापति देउवाले के भन्नुभएको छ ?
– मैले मेयरको बारेमा सबै कुरा सभापतिलाई भनेको छु । उहाँले हेरौँला भन्नुभएको छ । सभापतिले चुप लागेर बस्ने होइन भन्नुभएको छ । नराम्रो काम भएको छ भने जनतामाझ भण्डाफोर गर्नुपर्छ भन्नुभएको छ ।
० रानीपोखरी कहिले बन्छ ? त्यसको समस्या के हो ?
– रानीपोखरी बन्ने पक्का भईसकेको छ । अहिले दक्ष जनशक्ति चाहिएको छ । रानीपोखरीमा डोजर लगाउनु हुँदैन भन्ने जनताको आवाज आइरहेको छ । त्यसैले अलि ढिलो हुने देखिन्छ । तर, बन्न चाहि बन्छ ।
० काठमाडौंको धुलो धुँवा अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । यसप्रति महानगरपालिकाले केही सोच्नु पर्दैन ?
– ब्रमुरले रातभरि काम गरिरहेको छ । दुई वटा ब्रुमरले बाटो सफा गरिरहेको मैले देखिरहेको छु । धुलो सफा गर्ने काम भएको छैन भन्न मिल्दैन । भरखरै दुई वटा ब्रुमर आएको छ । यसलाई निर्मुल पार्नको लागि स्थानीय सरकार मात्रै अगाडि बढेर हुँदैन । तीन वटै सरकार अगाडि बढ्नुपर्छ ।
काठमाडौं महानगरपालिका भित्र ७७ वटै जिल्लाका मान्छेहरू यहीँ बसेका छन् । प्रधानमन्त्री, मन्त्री, सांसदहरू लगायत सबै यहीँ बस्ने नै हो । आफ्नो जिल्लाबाट जितेर आएपनि काठमाडौंमा बढी बसाइँ भएपछि यसलाई बुलुन्द रुपमा आवाज उठाउनुपर्छ । हामी काम गर्न सधैँ तयार छौँ ।
चेतनामूलक कार्यक्रम महानगरपालिकको रेडियोले गर्दै आएको सुनिएको छ । नेपाल सरकारले नै काठमाडौं उपत्यकालाई धुलोमुक्त काठमाडौं बनाउनुपर्छ भनेर सबै लाग्नुपर्छ । स्थानीय सरकारलाई मात्रै दोष दिएर हुँदैन ।
० नेपाली कांग्रेसले जनतालाई कर चर्को भएको भनेर आवाज उठाइरहेको अवस्थामा महानगरपालिकाले कर घटाउने बारेमा सोचेको छ ?
– कर बढि भएको विषयमा मैले पनि आवाज उठाइरहेको छु । करको दायरा फराकिलो बनाउनु पर्छ तर, कर कम गर्नुपर्छ भन्ने मेरो भनाई हो । यद्यपी करको विषयमा मेरो कुराको सुनुवाई भएको छैन ।
(यसअघि यस अन्तर्वार्तामा (काठमाडौं महानगरपालिका वडा नम्बर १६) पर्न गएको हुँदा त्यसलाई सच्याइएको छ ।)

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o6LFOShIBJ_0pah2qnpbthxiya6v0alosedf9ivfhhs3ek5jceagg8k1l2tg6m5um2stl3j.jpg)
प्रतिक्रिया