क्रसरमा राजभक्तको ‘दादागिरी’, स्थानीय निकायको मिलोमतोमा प्रशासनले आँखा चिम्लिँदा अवैध क्रसर सञ्चालन

ddd 

 

 

 

 

श्रेष्ठले मापदण्ड विपरित मात्र नभई दर्ता नै नभएको क्रसर प्रहरी र जनप्रतिनिधिलाई मोटो रकम खुवाएर निर्वाध सञ्चालन गर्दै आएका छन् 

 

काभ्रे । काभ्रे जिल्लामा तीन दर्जनको हाराहारीमा अवैध क्रसर उद्योग विभिन्न ठाउँमा निर्वाध रुपमा सञ्चालन हुदै आएको रहस्य खुलेको छ । स्थानीय निकायको मिलोमतोलाई प्रहरी प्रशासनले आँखा चिम्लिँदा काभ्रेमा अवैध क्रसर र ढुंगाखानी निर्वाध रुपमा सञ्चालन हुँदै आएका हुन् ।

जिल्लाको पनौती र मंगलटार क्षेत्रका अधिकांश क्रसर उद्योग मामदण्ड विपरीतका भए पनि प्रहरीले अवैध लाभ लिँदा सुचारु अबस्थामा छन् । पछिल्लो समय राजनीतिक आवरणमा बसेका नेता कार्यकताले समेत क्रसर तथा खानी सञ्चालन गर्न थालपछि प्रहरी प्रशासनलाई समेत रोक लगाउन कठिन भएको छ । उल्टै प्रहरीले समेत केही आर्थीक लाभ लिँदै निर्वाध रुपमा यस्ता खानी र क्रसर सञ्चालन गर्न दिने गरेका हुन् । काभ्रेमा रहेका कयन क्रसर र खानीबाट काभ्रे प्रहरीका विभिन्न तह र तप्कामा आर्थिक पुग्ने गरेको छ ।

स्थानीय जनप्रतीनिधि र प्रहरी प्रशासनको मिलोमतोमा अवैध तथा मापदण्ड विपरित आधा दर्जन क्रसर उद्योग सञ्चालन हुन नयाँ नभएको स्थानीय बताउँछन् । केही बर्ष पहिले क्रसर माफियाको नामले चिनिएका राजभक्त श्रेष्ठले प्रहरीलाई खुसी पार्न जिल्ला प्रहरी कार्यालयको प्रहरी बस्ने व्यारेक समेत बनाई दिएका थिए । प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेर राजभक्त श्रेष्ठले कुनै क्रसर दर्ता नै नगरी मापदण्ड विपरित सञ्चालन गर्दै आएका छन् ।

स्रोतका अनुसार काभ्रेका मण्डनदेउपुरमा श्रेष्ठले मापदण्ड विपरित मेलम्ची एण्ड ईन्द्राबती स्टोल प्रालिको नामबाट क्रसर सञ्चालन गर्दै आएका छन् । सो क्रसर दर्ता भए पनि राज्यले तोकेको मापदण्ड भने पुरा गर्न सकेको छैन । मूल सडक र खोलाको किनार भन्दा ५ सय मिटर टाढा तथा गाँउघर भन्दा एक किलोमिटर परको दूरीमा क्रसर खोल्न पाईन्छ । तर राजझक्तको मेलम्चीमा रहेको क्रसर र सिन्धुलीको नेपालथोकस्थित कुशेश्वरमा रहेको क्रसर मापदण्ड विपरितका हुन् ।

क्रसर माफिया श्रेष्ठले दर्ता नै नगरी काभ्रेको रोशीगाँउपालिका–१२ स्थित मान्तीमा क्रसर चलाउँदै आएका छन् । कँही कतै दर्ता नभएको क्रसरको नाम भने भिमेश्वर एग्रिगेट स्टोल प्रालि राखीएको छ । प्रहरी र स्थानीय प्रतिनिधिले मोटो रकम बुझेको आरोप स्थानीयले लगाएका छन् ।

काभ्रे र सिन्धुलीमा श्रेष्ठको मात्र नभई अन्य एक दर्जन बढीले राजमार्ग र रोशी खोला नै तहस नहस हुने गरी खानी तथा क्रसर सञ्चालन गर्दै आएका हुन् । यस्तो अवैध धन्दालाई प्रहरी प्रशासन र जनप्रतिनिधिले नै संरक्षण गरेर मोटो रकम हाता पार्दै आएका छन् । (जनप्रहारबाट)

प्रतिक्रिया

सम्बन्धित